विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना


प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार

संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ ।

संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गर्नुभएको हो ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com