अमेरिका र क्यानडासहित विश्वका ३२ देशका ६८० वकिल काठमाडौंमा, दिनदुखीका मुद्दा निशुल्क !


प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार

अमेरिका र क्यानडासहित विश्वका विभिन्न ३२ देशका कानुन व्यवसायीहरुको सहभागितामा काठमाडौंमा सम्मेलन सम्पन्न भएको छ । सबैका लागि न्याय भन्ने नाराका साथ आठौं एसिया प्रो बोनो सम्मेलनका काठमाडौंमा सम्पन्न भएको हो ।

सम्मेलनमा विश्वभरका ३ सय ८० जना विदेशी कानुन व्यवसायीहरु सहभागी भएका थिए । झण्डै ३ सय नेपाली कानुन व्यवसायी समेत सहभागी उक्त सम्मेलनमा नेपालका तर्फबाट नेपाली कानुन व्यवसायीहरु शीतल पाण्डे र माया घिमिरेको प्रस्तुतीकरण रहेको थियो ।

कानुन व्यवसायी शीतल पाण्डेले हरेक महिना एकजनाको मुद्दा निशुल्क लड्दै आएकी छिन् । आर्थिक अभावका कारण न्यायमा पहुच नहुनेको मुद्दा आफूले निशुल्क लड्दै आएको उनले बताइन् ।

नेपाल बार एसोसिएसनका तर्फबाट सरोज घिमिरे र युनएनडीपीका तर्फबाट सुदिप गौतमको समेत प्रस्तुतीकरण रहेको सम्मेलनले ८ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

कम आम्दानी हुने र दिनदुखीहरुका लागि निशुल्क मुद्दा लड्ने विषयमा सम्पन्न उक्त सम्मेलनले औपचारिक वा अनौपचारिक न्याय प्रणालीमा आर्थिक कारणले न्यायमा पहुच नहुनेहरुका मुद्दा निशुल्क लड्ने अभ्यास र प्रणालीलाई सवल बनाउने लगायतका बुँदा समेटिएको घोषणापत्र सम्मेलनले जारी गरेको छ ।

निशुल्क मुद्दा लड्ने अभ्यासलाई विस्तार गर्ने र ब्यापक बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिदै आएको छ । नवौं सम्मेलन फिलिपिन्समा हुनेछ ।

तस्वीर  : दीपेन्द्र ढुंगाना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com