अस्पतालमा बिरामीकाे लाम, डाक्टर भने निजी क्लिनिक


प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार

बुटवल सोमबार बिहान ११ बजे। लुम्बिनी प्रादेशिक अस्पतालको स्त्री तथा यौन रोगको ओपीडी अगाडि ठेलमठेल भीड छ। गर्भवती र अन्य महिला तथा पुरुषहरू चिकित्सकको पर्खाइमा छन्। त्यही भीडमा उभिएकी छन्, बुटवल जानकीनगरकी गीता बोहोरा। उनी अस्पताल आएको दोस्रो दिन हो। आइतबार गर्भ परीक्षणका लागि आएकी उनको एक्सरे रिपोर्ट डाक्टरले हेर्न भ्याएनन्। अनि सोमबार बिहान १० बजे नै अस्पताल पुगेकी हुन्।

अघिल्लो दिन बिहान साढे ६ बजे अस्पतालमा आएर टिकट काट्ने लाइनमा उभिनु परेको थियो। जेठाजु टेकबहादुर बोहोराले टिकटको लाइनमा बस्न बिहानै छोरीलाई पठाए। ११ बजेपछि डाक्टर आउँछन् कि भन्दै कुरेका उनीहरूले आइतबार दिनभरिमा पनि एउटा एक्सरे गरेर देखाउन पाएनन्।

‘लाइनमा बसेर रिपोर्ट देखाउँदा देखाउँदै भोलि भनेर डाक्टर निस्किए, आज (सोमबार) पनि १० बजेबाटै कुरेका छौं कोही आएका छैनन्’, उनले भने। साढे ११ बजे ढोकामा रहेको नेमप्लेटमा डा. शीला क्षेत्री र डा. हसिना बनु भित्र लेखिएको थियो। तर उपचार सुरु भएकै थिएन। प्रसूतिका केही डाक्टर निजी क्लिनिकमै व्यस्त थिए।

लुम्बिनी प्रादेशिक अस्पताल मध्यम र विपन्न नागरिकको उपचार पाउने भरोसाको केन्द्र हो। यो अस्पतालबाट वर्षमा करिब २ लाख ३० हजार बिरामीले सेवा लिन्छन्। उपचारका लागि गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्यूठान, रुकुम, रोल्पा, कपिलवस्तु, नवलपरासी जिल्लाका बिरामी आउँछन्। तर सेवाभन्दा सास्ती बढी पाउने हुँदा सर्वसाधारणले सहज उपचार पाउन सकेका छैनन्। जिल्ला बाहिरबाट उपचार गराउन आउने बिरामीले खर्च र सास्ती दुवै खेप्नु परेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पतालमा सामान्यतया चिकित्सकहरूले ५ घण्टा समय दिनुपर्छ। तर अधिकांश डाक्टर ३ घण्टा पनि मुस्किलले अस्पतालमा बिताउँछन्। सोमबार साढे ११ बजेसम्म अस्पतालको ओपीडीमा नाक, कान, घाँटीरोग विशेषज्ञ डा. विष्णु शर्मा, बालरोग विशेषज्ञ डा. मनोज कुशवाहा, न्युरोमा डा. सञ्जीवकुमार शाह मात्रै थिए।

जनरल फिजिसियन वार्डमा डा. पुष्पराज जोशी र डा. दिनेश गौतम मात्र उपस्थित थिए। उक्त वार्डमा ७ जना डाक्टरको नेमप्लेट झुन्ड्याइएको थियो। बिरामीले ठेलमठेल रहेको मेडिसिन वार्डमा साढे ११ बजेसम्म जम्मा १७ जना बिरामीले परीक्षण गराएका थिए। याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com