संविधान दिवस भव्य रुपमा मनाइने


प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार

विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट गरी जिल्लामा संविधान दिवस विशेष रुपमा मनाइने भएको छ । विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो ।

संविधान दिवस २०७६ भव्यरुपमा मनाउन गठित जिल्लास्तरीय मूल समारोह समिति चितवनका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार दिवस मनाउन ५५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

दिवस मनाउने क्रममा असोज २, ३ र ४ गते जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय र आम नागरिकका घरमा राष्ट्रिय झण्डा फहराउँदै साँझ दीपावली गर्ने निर्णय गरिएको छ । यसका लागि आमरुपमा प्रचारप्रसार र सन्देश पु¥याउने काम भइरहेको डल्लाकोटीले जानकारी दिनुभयो ।

संविधान दिवसका दिन असोज ३ गते नारायणगढको लायन्सचोकबाट विभिन्न बाजागाजा र झाँकीसाथ प्रभातफेरि गरी नारायणीकला मन्दिरमा समापन गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै सरकारी अस्पतालमा बिरामीलाई फलफूल वितरण, राष्ट्रिय झण्डा तयार र उडाउने बेलुनको व्यवस्था गर्न उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घलाई जिम्मेवारी दिइएको छ ।

दिवसकै अवसरमा जिल्ला अदालत चितवन बार एसोसिएशनले अन्तरक्रिया कार्यक्रम गर्ने, जिल्ला खेलकूद विकास समिति र भरतपुर महानगरपालिकाले एउटा खेलको आयोजना गर्ने, नेपाल रेडक्रस सोसाइटीले रक्तदानको कार्यक्रम आयोजना गर्ने भएका छन् ।

यसैगरी भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा र शिक्षा विकास तथा समन्वय एकाइले अन्तर विद्यालय कविता, हाजिर जवाफ र वक्तृत्वकला गर्ने डल्लाकोटीले जानकारी दिनुभयो । २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com