आप्रवासीका गतिविधि नियाल्न अमेरिकी अधिकारीलाई फेसबुकले नक्कली खाता बनाउन नदिने


प्रकाशित मिति : भाद्र २०, २०७६ शुक्रबार

अमेरिकी सरकारले आप्रवासीका पृष्ठभूमि परिक्षण र गतिविधिमा निगरानीका लागि सामाजिक सञ्जालमा नक्कली खाताहरु संचालन गर्न पाउने नीति ल्याएपनि फेसबुकले भने आप्रवासीका गतिविधि नियाल्न अमेरिकी अध्यागमन अधिकारीलाई नक्कली खाता बनाउन नदिने स्पष्ट पारेको छ । यदि सरकारका अधिकारीहरुले आप्रवासीका गतिविधि नियाल्न फेसबुकमा नक्कली खाता बनाएमा यो फेसबुकको नीतिको उल्लंघन हुने र नीति उल्लंघन गर्ने फेसबुक एकाउन्टबिरुद्ध कदम चाल्ने फेसबुकले जनाएको छ ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नक्कली खाता बनाएर आप्रवासीका गतिविधि नियाल्ने नीति नै ल्याएको हो । ट्वीटरमा पनि नक्कली खाता बनाउनु ट्वीटरको नीति विपरित हुने भएपनि ट्वीटरले भने अमेरिकी सरकारको नीतिबारे सोंचविचार गरिरहेको जनाएको छ ।

शुक्रबार सार्वजनिक गरिएको नीति अनुशार युएससीआईएसले ग्रिनकार्ड, नागरिकता, कामदार भिसा वा अन्य आप्रवासी सुविधाका लागि आवेदन दिनेहरुका सामाजिक सञ्जालहरु निरिक्षण गर्न नक्कली खाताहरु बनाउन सक्ने भएको छ । अधिकारीहरुले आवेदन दिएका व्यक्तिका सुचनाहरु अनुसन्धानका लागि समेत संकलन गर्नसक्ने भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्भावित जालसाजीको अनुसन्धान गर्नका लागि अधिकारीहरुलाई सामाजिक सञ्जालमा नक्कली खाता बनाउने अनुमति दिइएपनि उनीहरुले सार्वजनिक रुपमा प्राप्त जानकारीमात्र संकलन गर्न सक्नेछन् । उनीहरुलाई कुनै पनि व्यक्तिलाई साथी बनाएर, फ्लो गरेर वा सन्देश पठाएर विवरणहरु संकलन गर्ने अनुमति भने हुनेछैन ।

युएससीआईएसले सन् २०१२ देखि अध्यागमन आवेदन रिभ्युका क्रममा सामाजिक सञ्जालको निरिक्षण गर्दै आएको थियो । तर सन् २०१४ मा ल्याइएको एउटा नीतिले अधिकारीहरुलाई सामाजिक सञ्जालमा नक्कली खाता बनाएर आवेदकबारे अनुसन्धान गर्नमा रोक लगाएको थियो ।

सन् २०१७ मा होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले युएससीआईएसलाई नक्कली खाताहरु बनाएर आवेदकबारे अनुसन्धान गर्न अनुमति दिएका थिए । शुक्रबार सार्वजनिक गरिएको नीतिले उक्त कुरा कार्यान्वयन भइरहेको विषयमा सर्वसाधारणलाई जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com