अमेरिकी भिसाका लागि १४ टिप्स


प्रकाशित मिति : फाल्गुन ९, २०७३ सोमबार

अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल छ । यो अवस्थामा अमेरिकी सरकारले जारी गर्ने भिसा सन्दर्भमा के होला भन्ने चासो सबैतिर छ । तर भिसाका गाइडलाइनहरु भने परिवर्तन गरिएको छैन । दूतावासहरुले पुरानै गाइडलाइन अनुशार भिसा जारी गरिरहेका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासका कन्सुलरले दिनुभएका यी टिप्सहरु पालना गरेमा भिसा पाउन सहज हुनसक्छ ।

१, आवेदकले सम्बन्धित वर्गको भिसा त्यही उद्देश्यका लागि प्रयोग गर्ने कुराको सुनिश्चितताका साथ कन्सुलर अधिकारीलाई चित्त बुझाउन सक्नुपर्छ ।

२, विद्यार्थी भिसा प्राप्त गर्नका लागि आवेदकको उद्देश्य अमेरिकामा अध्ययन गर्नु हुनुपर्ने, गैरकानुनी रुपमा अमेरिकामा काम गर्ने आशय हुन नहुने र अमेरिकामा बसाईसराई नै गर्ने आशय हुनु हुँदैन ।

३, गैर आप्रवासी भिसा जारी गर्दा आवेदकहरुलाई सामान्यतया तीनवटा बर्ग : ‘आवेदकको उद्देश्य अमेरिकामा अध्ययन गर्नु हुनुपर्ने, गैरकानुनी रुपमा अमेरिकामा काम गर्ने आशय हुन नहुने र अमेरिकामा बसाईसराई नै गर्ने आशय हुन नहुने’ मा विभाजन गरेर तीनैवटा आधार स्पष्टरुपमा पूरा गरेमा भिसा जारी गरिन्छ । उल्लेखितमध्ये कुनै एउटा आधार पूरा गर्न नसक्ने देखिएमा भिसा अस्वीकार गरिन्छ र आधारहरु पूरा गर्ने कुरा अधिकारीलाई चित्त बुझाउन नसकेमा पनि भिसा अस्वीकार गरिन्छ । अधिकांश विद्यार्थी भिसाका कैयन आवेदकहरुको सुरुका दुईवटा कुरा : आवेदकको उद्देश्य अमेरिकामा अध्ययन गर्नु हुनुपर्ने, गैरकानुनी रुपमा अमेरिकामा काम गर्ने आशय हुन नहुने पुष्टी गर्न नसक्दा भिसा प्राप्त गर्न सक्दैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिसाबारे कन्सुलर अधिकारीले दिएका सम्पूर्ण प्रश्नहरुको जवाफ हेर्न यहाँ क्लिक हेर्नुहोला । 

४, यदि विद्यार्थी र भिजिटर भिसाका आवेदकको अमेरिकामा गैरकानुनी रुपमा काम गर्ने आशय भएमा, अमेरिकामा नै बसाई सराई गर्ने आशय भएमा वा अमेरिकामा अध्ययन गर्ने उद्देश्य (विद्यार्थी भिसाका आवेदक) नभएको अवस्थामा भिसाका लागि आवेदन नदिनुहोस् । भिसाको दुरुपयोग गर्नेहरुका कारण नै भिसाको सदुपयोग गर्ने आशय भएकाहरुका लागि समेत भिसा जारी गर्न मुस्किल हुन्छ ।

५, आवेदकले भिसाको सदुपयोग गर्ने आशय राखेको छ तर भिसा अधिकारीलाई चित्त बुझाउन सकेको छैन भने त्यो अवस्थामा कन्सल्टेन्सीमा जाँदै नजानुस् । हामी हरेक दिन झण्डै दुईसयजना विद्यार्थी भिसाका आवेदकहरुसँग कुराकानी गछौं । यदि कन्सल्टेन्सीले तपाईलाई भिसा अन्तरवार्ताका बेला के बोल्ने भनेर सिकाएको छ भने तपाई सुनिश्चित हुन सक्नुहुन्छ कि त्यही कुरा हामीले त्यही दिनमात्रै बीस तीस पटक भन्दा धेरै सुनिसकेका छौं । हामीले विद्यार्थी भिसाका हरेक अन्तरवार्तामा तीन मिनेटभित्र आवेदकको सपना, उद्देश्य र महत्वाकांक्षा के हो र अमेरिकामा अध्ययन गरेर त्यो कसरी पूरा हुनसक्छ भन्ने कुरा स्थापित गर्न प्रयास गछौं । यदि तपाईको जवाफ अरु सबैकोसँग मिल्दोजुल्दो भएमा तपाईले सम्भवत भिसा प्राप्त गर्नुहुने छैन । आफै हुनुहोस्, ओरिजिनल हुनुहोस् ।

६, विद्यार्थी भिसा अन्तरवार्ताका बेलामा आवेदकका बाबुआमाले कसरी अध्ययन खर्च बेहोर्छन् भन्ने सन्दर्भको कागजपत्र नहेर्ने भएपनि कसरी खर्च बेहोर्ने भन्ने सन्दर्भमा आवेदकले व्याख्या गर्न सक्नुपर्छ । कागजपत्र बुझाउनेहरुभन्दा आफ्ना बाबुआमाको कामबारे व्याख्या गर्न सक्ने आवेदकलाई हामीले बढी विश्वसनीय पाएका छौं ।

७, राम्रा विद्यार्थीहरुले पनि या त अमेरिकामा अध्ययनका लागि राम्रो आर्थिक श्रोत देखाउन नसक्दा वा अध्ययनपछिको ठोस योजना बताउन नसक्दा भिसा नपाउने गरेका छन् । कमजोर विद्यार्थीहरुले पनि उनीहरुको रुची र क्षमता अनुशारको कार्यक्रममा परिवारले रकम तिर्न सक्ने अवस्थाका कारण भिसा पाउने गरेका छन् ।

भिसाबारे कन्सुलर अधिकारीले दिएका सम्पूर्ण प्रश्नहरुको जवाफ हेर्न यहाँ क्लिक हेर्नुहोला । 

८, भिजिटर भिसा प्राप्त गर्नका लागि अमेरिकामा गएर ६ महिनाभित्र नेपाल फर्कन बाध्यपार्ने कारणबारे कन्सुलर अधिकारीलाई चित्त बुझाउन सक्नुपर्ने बताएका छन् ।

९, अन्तरवार्ताका बेला आफ्नो मनबाट बोल्नुहोस् । आफूले बोल्न चाहेको कुरा सम्झन तिर लाग्नुभयो भने यसले विश्वसनीयता घटाउँछ । यदि तपाईले अमेरिकामा बसेर काम गर्न चाहनुहुन्छ भने विद्यार्थी र पर्यटक भिसाका लागि आवेदन नदिनुहोला । यो कुराले सबैलाई मुस्किल बनाउँछ ।

१०, कुनै संस्थाका व्यक्ति भिजिटर भिसामा अमेरिका गएर फिर्ता नभएको खण्डमा अन्य आवेदकलाई पनि भिजिटर भिसा पाउन मुस्किल हुनसक्छ । कुन संस्थाबाट अमेरिका गएको आवेदक फिर्ता भयो वा भएन भन्ने ऐतिहासिक तथ्यांकको आधारमा भिसा पाउने कुराको निर्धारण हुने भएकाले यदि कुनै त्यो संस्थाका व्यक्ति अमेरिका गएर फर्केमा अरुहरुलाई भिसा पाउन सजिलो हुन्छ ।

११, भिजिटर भिसा पाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा घुमफिर गरिरहेको लामो इतिहास भएमा र राम्रो आम्दानी भएमा सहयोगीसिद्ध हुन्छ । पहिलो भिसा अस्वीकृत भएकाहरुले आफ्नो परिस्थीतिमा परिवर्तन नआएसम्म पुन भिसाका लागि आवेदन नदिनुहोला ।

१२, अमेरिकामा नै आफ्नो परिवारको एउटा सदस्य विद्यार्थी भिसामा रहेको खण्डमा अर्को सदस्यलाई विद्यार्थी भिसाका लागि आवेदन दिंदा कुनै समस्या पर्दैन । तर आवेदकले पूर्णरुपमा छात्रबृत्ति प्राप्त गरेको वा आवेदकको परिवार धनी भएको हुनुपर्छ ।

१३, अमेरिकामा कुनै विद्यार्थी टीपीएस स्टेटसमा रहेको खण्डमा पनि उसको श्रीमान् वा श्रीमतिले एफ टु भिसाका लागि आवेदन दिनसक्छ । तर त्यसका लागि श्रीमान् वा श्रीमतिले दुईजनाको सम्बन्ध वास्तविक भएको कुरा पुष्टि गर्नुपर्छ । सामान्यतया विवाहको तस्विरबाट यस्तो पुष्टि गर्न सकिन्छ ।

१४, परिवारको सदस्य अमेरिकामा ग्रिनकार्ड होल्डर भएको अवस्थामा त्यही परिवारको सदस्य अमेरिकामा भिजिटर भिसामा भ्रमण गर्न चाहेमा कन्सुलर अधिकारीलाई आवेदकले ग्रिनकार्डप्राप्त आफ्नो परिवारको सदस्य र विदेशमा रहेर काम गर्ने १० प्रतिशत नेपालीहरु भन्दा आफू किन फरक छ भनेर चित्त बुझाउन सक्नुपर्छ ।

भिसा सम्बन्धि सबै जानकारीका लागि अमेरिकी दूतावासको वेवसाइट हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । 

 शनिबार, मंसिर २५, २०७३ मा प्रथमपटक प्रकाशित

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com