अस्ट्रेलियाली चर्चमा १३ बर्षीया बालकमाथि यौन शोषण भएको पुष्टी


प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार

एजेन्सी / अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए ।

गत वर्ष डिसेम्बरमा तल्लो अदालतको सर्वसम्मत निर्णयका आधारमा कार्डिनल जर्ज दोषी ठहर गरिएका थिए । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसका पूर्व अर्थमन्त्री समेत रहेका कार्डिनल जर्जले दुई दशकअघि मेलबोर्नस्थित सेन्ट प्याट्रिक क्याथेड्रलमा रहँदा दुई जना १३ वर्षीय बालकमाथि यौन शोषण गरेको पुष्टी भएको थियो ।

भिक्टोरिया पुनरावेदन अदालतका न्यायाधीशको २–१ को निर्णयबाट कार्डिनल जर्जले गरेको पुनरावेदन अस्वीकार गरेको हो । पेलका कानुन व्यवसायीले अब अदालतको आदेशका बारेमा अध्ययन गरी उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् ।

कार्डिनल जर्जका प्रवक्ता काट्रिना लीले अदालतको आदेशबाट कार्डिनल जर्ज निःसन्देह दुःखी भएको बताउनुभयो । भ्याटिकनले पनि कार्डिनल जर्जको बालयौन शोषणका बारेमा अलग्गै अनुसन्धान गरिरहेको छ । कार्डिनल जर्जले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्ट्रेलियाली क्याथोलिक बिसप सम्मेलनले पनि कानुनका दृष्टिबाट सबै अस्ट्रेलियाली नागरिक समान रहेको बताउँदै अदालतको आदेशलाई स्वीकार गर्ने जनाएको छ ।

मेलबोर्नका मुख्य पादरी पिटर कोमेन्सोलीले एक विज्ञप्ति प्रकाशन गरी आफूले अदालतको आदेशलाई स्वीकार गर्ने र अरुलाई पनि त्यस्तै गर्न आग्रह गर्नुभएको छ । गत मार्चमा ७८ वर्षीय कार्डिनल जर्जलाई छ वर्षको कारावासको सजाय दिइएको थियो । उनी अब पोप फ्रान्सिसको कार्डिनल परिषद् वा भ्याटिकनको अधिकारीका रुपमा रहन पाउने छैनन् ।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले पनि अदालतको आदेशलगत्तै जर्जलाई यसअघि अस्ट्रेलिया सरकारले प्रदान गरेको सर्वोच्च पदक “अर्डर अफ अस्ट्रेलिया” को पदक खोस्ने बताउनुभएको छ । क्याथोलिक गिर्जाघरहरुमा विश्वभर नै यौन शोषणका खबर आएसँगै पोप फ्रान्सिसमाथि गिर्जाघरहरुको सुधारका बारेमा चर्को दबाब आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com