सवारीसाधन अनुमतिपत्रका लागि आवेदन खुला


प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार

प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाले सवारीसाधन अनुमतिपत्रका लागि आवेदन खुला गर्ने भएको छ । उक्त अनलाइन आवेदन आगामी असोज अन्तिम साता खुला गर्ने तयारी गरिएको छ ।

हाल आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । उक्त प्रदेशअन्तर्गत रहेको चितवनका दुई हजार ५०० मोटरसाइकल साविकको नारायणी अञ्चलमा दर्ता रहेकालाई खारेज गरी हाल प्रदेश नं ३ को कोड नम्बरसहित दर्ता गरिएको प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख पोषण थापाले बताउनुभयो ।

कार्यालयमा दैनिक ३५ देखि ४० सवारीसाधनको अनुमतिपत्र नवीकरणका लागि आवेदन दिने गरेको तथ्याङ्कमा उल्लेख छ । सो कार्यालयले आव २०७५-७६ मा रु २६ करोड ११ लाख ४८ हजार राजश्व असुली गरेको थियो । सवारीसाधन अनुमतिपत्रको ‘स्माट कार्ड’ काठमाडौँमा छापिने व्यवस्था भएकाले अब यातायात ऐन संशोधन भएपछि हेटौँडास्थित प्रदेश यातायात कार्यालयबाटै सो कार्य गरिने थापाले जानकारी दिनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com