सुनगोहोरो बरामद
प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार
lwdfnnfO{ kqmfp lj/f6gu/, @ ebf} -/f;;_ M df]/ªsf] ;’gjifL{ gu/kflnsf * xr{u9Ll:yt l;S6L 8folgof leqL ;8s v08df ky/L zlgZr/] gu/kflnsf ^ lgjf;L %( jifL{o h;axfb’/ lwdfnnfO{ / !@ yfg hLljt ;’guf]xf]/];lxt ;f]daf/ k|x/Ln] kqmfp u/L sf/afxL rnfPsf] 5 . t:jL/ M df]xDdb ;b?n
जङ्गली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई प्रहरीले कारवाही अघि बढाएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित पथरी शनिश्चरे नगरपालिका–६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई १२ थान जीवित सुनगोहोरेसहित पक्राउ गरिएको प्रहरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बरामद सुनगोहोरोलाई जिल्ला डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक राजुकमार खिउंजुले जानकारी दिनुभयो ।यसैगरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ११५ स्थानीय जातका कुखुरा बरामद गरी प्रहरीले आज नष्ट गरेको छ । सो कुखुरा रु ६१ हजार मूल्यबराबरको थियो ।







