दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन्। जिल्ला समन्वय समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको खाल्लेमा आयोजना गरेको सहभोजमा दही खाएपछि आफ्नै दाजुभाइले सामाजिक बहिष्कार गरेको वृद्धको आरोप छ। उनी सोही नगरपालिका–१ का बासिन्दा हुन्।
जिसस खोटाङले असार १८ गते आयोजना गरेको सहभोजमा टंकप्रसाद आचार्यले दलित बालबालिकाले दिएको दही खाँदै मानव मानवमा छुवाछुत गर्नु नहुने भन्दै सबैमा सचेतना जगाउनु पर्ने उद्घोष गरेका थिए।
जिसस सभापति बबी चाम्लिङ र खोटाङका सीडीओ विष्णुहरि उपाध्यायसँगै दही खाएर छुवाछुतविरुद्ध अभियानमा लागेका टंकप्रसाद अहिले दाजुभाइबाटै बहिष्कारमा परेपछि विस्थापित भएका छन्।
आइतबार धरान आएका उनले सरकारले छुवाछुत अन्त्य गरेको हो भने समाजमा कार्यान्वयन गर्न र आफूलाई बहिष्कार गर्नेमाथि कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
उनले छुवाछुतविरुद्ध अभियानमा आफूले दलित समुदायका बालिकाबाट दही खाएर केही पनि नबिराएको भन्दै छरछिमेकमा रहेका आफ्नै दाजुभाइ र भाइभतिजाले अपहेलना गरी तैंले गल्ती गरिस्, अब तँलाई देवाली पनि गर्न दिँदैनौं भन्दै छरछिमेकमा भएका धार्मिक कार्यमा प्रवेश नगराउने भन्दै मानसिक यातना दिएको बताए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।