पार्टी एकता नगरेको भए ठिक हुने थियो, भन्ने अनुभुति हुन थालेको छ : प्रचण्ड
प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार
kf6L{ k|j]z sfo{qmd sf7df8f}F, @) c;f/ -/f;;_M g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf cWoIf k’iksdn bfxfn …k|r08Ú z’qmaf/ kf6L{ sfof{no w”Daf/fxLdf cfof]lht kf6L{ k|j]z sfo{qmddf dGtJo JoQm ub}{ . t:jL/ M rGb|snf If]qL
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताउनुभएको छ ।
राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले आज काठमाडौमा गरेको अन्तरक्रियामा उहाँले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताउनुभयो । नेकपाको सचिवालय बैंठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पार्नुभयो । कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुबै भएको भन्दै उहाँले अहिले केहि गर्न नसके इतिहाँसले धिकार्ने बताउनुभयो । अध्यक्ष दाहालले यस्तो अवसर सधै नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै अध्यक्ष दाहालले चिकित्सकहरुले आफ्नो पेशालाई मानवता सँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई बस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताउनु भयो ।
अध्यक्ष दहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौति रहेको पनि बताउनुभयो । कार्यक्रममा नकेपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी चिकित्सकहरुले भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा आवश्यक रहेको भन्दै सरकारी नीति प्रष्ट हुनु पर्ने माग गरेका थिए ।








