उपनिर्वाचन : इलाम एमालेले जोगायो , बझाङ कांग्रेसले गुमायो , रास्वपाको जमानत नै जोगिएन


प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार

इलाम क्षेत्र नम्बर २ र बझाङमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन । प्रतिनिधिसभा तर्फ इलाम २ र प्रदेशसभा तर्फ बझाङ १ क मा शनिबार उपनिर्बाचन भएको थियो । निर्बाचन आयोगका अनुसार इलाम २ मा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभयो ।

उहाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत पाउनुभयो । नेम्वाङले खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्नुभएको छ । सो निर्बाचन क्षेत्रमा पहिचान पक्षधर भनेर चिनिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम ले ११ हजार ४५७ मत प्राप्त गर्दै तेश्रो हुनुभएको छ ।

चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गर्नुभयो । कुल सदर मतको १० प्रसितसत नल्याएका कारण लिम्बु सहित १६ जनाको जमानत नै जफत भयो ।

इलाम–२ मा अघिल्लोपटक १ लाख १५ हजार ४६७ मतदाता रहेका थिए। यसपटक १ लाख १५ हजार ८८९ मतदाता रहेका थिए। इलाममा यसपटक ५९ दशमलव ८६ अर्थात् ६९ हजार ३७४ मत खसेको थियो। जसमध्ये ६८ हजार ४७२ सदर र ९०२ मत बदर भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । संबिधान सभाका अध्यक्ष समेत रहेका सुवास नेम्वाङको निधन भएपछि भएको उपनिर्बाचनमा एमाले ले सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको थियो ।

२०७९ मा भएको चुनावमा सत्ता गठबन्धनका उम्मेदवार रहनु भएका कांग्रेसका डम्बर खड्काले २९ हजार ९ सय ६ मत गर्नु भएको थियो । अहिलेको उपनिर्बाचनमा एमाले उम्मेदवार सुहाङलाई माओवादी केन्द्र र नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले पनि सघाएका थिए । कांग्रेस भने एक्लै प्रतिश्पर्धा गरेको थियो ।

बझाङमा एमालेका भण्डारी विजयी

बझाङ प्रदेशसभा १ मा नेकपा एमालेका दमनबहादुर भण्डारी बिजयी हुनुभएको छ । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतको अन्तरले पराजित गर्दै भण्डारी प्रदेशसभा सदस्यमा निर्बाचित हुनुभएको हो ।

अन्तिम मत परिणाम अनुसार भण्डारीले ११ हजार ६ सय १३ मत पाउदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाको ३ हजार ९ सय ६७ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत प्राप्त गर्नु भएको छ । त्यहाँ ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

यो क्षेत्रमा २०७९ को चुनावमा कांग्रेसले जितेको थियो । त्यसबेला कांग्रेसका पृथ्वीबहादुर सिंहले निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडालाई ३ हजार ७ सय ३६ मतले पछि पार्दै विजयी हुनुभएको थियो । प्रदेशमन्त्री रहेकै बेला सवारी दुर्घटनामापरी सिंहले ज्यान गुमाएपछि भएको उपनिर्वाचनमा कांग्रेसले उहाँकै छोरालाई टिकट दिएको थियो ।

बझाङ–१ को प्रदेश सभा उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ।

सोमबार दिउँसो सकिएको मत गणनाअनुसार एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१४ मत प्राप्त गर्नु भएको छ। जबकि यो क्षेत्रमा जमानत जोगाउन उम्मेदवारले २ हजार ९७० मत ल्याउनुपर्ने थियो। बझाङमा २९ हजार ७०५ मत सदर भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com