समलिंगी तथा तेश्रो लिंगी परेडमा विदेशी राजदूत र सेलिब्रेटीहरु


प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार

समलिंगी तथा तेश्रो लिंगीहरुले गाईजात्राको अवसर पारेर काठमाण्डूमा निकालेको परेडमा ऐक्यवद्धता जनाउन विभिन्न देशका राजदूतहरु र नेपाली सेलिब्रेटीहरु पुगेका छन् । परेडको सुरुमा ऐक्यवद्धताका लागि अमेरिकन राजदूत र्याण्डी बेरी, जर्मन दूतावासकी सांस्कृतिक प्रतिनिधि पउला वेर्नर र अष्ट्रेलियन राजदूत पिटर बड लगायत पुगेका थिए ।

त्यस्तै नेपाली सेलीब्रेटीहरु माल्भिका सुब्बा, प्रियंका कार्की, लेक्स लिम्बु, दिपक लिम्बु, हेमन्त शर्मा, प्राश्ना शाक्य, लेखराज गुरुंग, सबिन लिम्बु, सबनम श्रेष्ठ लगायत पनि परेडमा पुगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लण्डन निवासी ब्लगर तथा सामाजिक अभियन्ता लेक्स लिम्बुले हालै आफू समलिंगी भएको खुलासा गरेका थिए । उनी परेडमा सहभागिताका लागि लण्डनबाटै काठमाडौं आएका हुन् ।

समलैंगिक गौरवता झल्काउन र एक वर्षयता मृत्यु भएका समलिङ्गी तथा तेश्रो लिंगीहरूको सम्झना गर्दै मृतकको आत्माको चीर शान्तिको कामना र श्रद्धाञ्जली रुवरुप परेडको आयोजना गरेको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुंगले बताइन् ।

ठमेलबाट निस्किएको उक्त परेड टुडिखेलमा गएर अन्त्य भएको थियो। टुडिखेलमा रेन्बो कन्सर्टको समेत आयोजना गरिएको थियो । बर्षाका बाबजुत पनि कन्सर्टमा दर्शकहरुको बाक्लो उपस्थीति रहेको थियो ।

खसोखासका लागि फोटोग्राफर दिपेन्द्र ढुंगानाले खिचेका केही तस्वीरहरु तल । माथिका तस्वीरहरु अष्ट्रेलियन र जर्मन दूतावासको सामाजिक सञ्जालबाट लिइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com