राजधानीमै ‘अन्धविश्वास’को व्यापार, जुवा जित्न वनमान्छेको पन्जा किनबेच


प्रकाशित मिति : फाल्गुन ७, २०७३ शनिबार

चितवनका ५० वर्षीय कालु गुरुङ र ३३ वर्षीय इन्दु गुरुङ दम्पती हुन्। महानगरीय अपराध महाशाखाको हिरासतमा रहेका यी दुई कसुर अन्य घटनाभन्दा फरक छ। गुरुङ दम्पतीबाट बरामद सामग्री पनि प्रहरीकै लागि ‘अचम्मको वस्तु’ भएको छ।

महाशाखाले गुरुङ दम्पतीबाट बरामद गरेको वस्तु मान्छेको हातको पन्जाजस्तो छ। अबिर र सिन्दुर पोतिएको, सुरक्षित तरिकाले पहेंलो कपडामा बेरिएको उक्त पन्जा लाखौंमा बेच्ने योजना र ग्राहककै खोजीका क्रममा गुरुङ दम्पतीलाई प्रहरीले पक्राउ गर्‍यो।

घटना अनुसन्धान गरिरहेका प्रहरी अधिकारीले गुरुङदम्पतीले बरामद पन्जा वनमान्छेको दाबी गरेका छन्। यस्तो पन्जा आफूसँग राख्ने व्यक्तिले जुवा नहार्ने अन्धविश्वासका कारण निकै ठूलो धनराशिमा खरिदबिक्री हुने गर्छ।

‘जुवा नै व्यवसाय भएका सट्टाबाज, घरजग्गा व्यापारी र अन्य त्यस्तै समूहमा खरिदबिक्री हुने गरेको छ, थप विवरण प्रयोगशालाको परीक्षणपछि थाहा हुन्छ’, महाशाखाका एसपी प्रकाशजंग कार्कीले नागरिकसँग भने। उनका अनुसार बरामद सामग्री थप अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशाला, पुरातŒव विभाग र वन कार्यालय पठाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनाका अनुसन्धान अधिकारी डिएसपी किरणजंग थापाका अनुसार गुरुङ दम्पतीले हुँदै नभएको काल्पनिक वस्तुलाई ठगीकै लागि वनझाँक्रीको भनेर बेचबिखन गर्न खोजेका थिए। उनका अनुसार चार जनाको समूहमा रहेका उनीहरुमध्ये दुई बुद्धको मूर्तिका ग्राहक खोज्दै गर्दा फेला परेका हुन्।

महाशाखाले प्राचीन बुद्ध मूर्ति बेचबिखनमा संलग्न सिन्धुपाल्चोक, गातीका अर्जुन मगर र मार्मिङका रामशरण मगरलाई पक्रेको हो। प्रहरीले उनीहरुबाट प्राचीन मूर्तिसमेत फेला पारेको छ।

अन्धविश्वासमा हुँदै नभएका वस्तुको बजार

काठमाडौंमा प्रहरीले उत्पत्तिमै अति दुर्लभ र यकिन नभएका वस्तुको समेत व्यापार भइरहेको अवस्थामा समय–समयमा व्यक्ति र वस्तु बरामद गर्दै आएको छ। प्रहरीले गरेका पछिल्ला कारबाहीमा स्यालको सिङ, नाग मणि, वनझाँक्रीको हड्डी र मानवअंग बरामद गरेको हो।

प्रहरीका अनुसार छिटो सम्पन्न हुने लालसामा नागमणि, स्यालको सिङ र वनझाँक्रीको हड्डीको व्यापारका घटना काठमाडौंमा हुने गरेको छ। बिक्री गर्ने ग्रामीण र खरिदकर्ता शिक्षित र सहरवासी देखिएका छन्।

महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य सचेत र शिक्षित नागरिक अन्धविश्वासमा पर्दा यस्ता वस्तुको व्यापारमा संलग्न र ठगीको प्रकृति उपत्यकामा बढेको बताउँछन्। उनका अनुसार छिटो धनी हुने र सम्पन्न बन्ने सपनामा यस्ता शून्य मूल्य भएका नक्कली वस्तुको व्यापार फस्टाएको हो।

‘वस्तुको कुनै मूल्य छैन, तर लाखौंमा बेचबिखन भइरहेको छ, ठूलो आर्थिक कारोबारका कारण ठगी र अन्य जघन्य अपराधको सहायक यस्ता घटना भइरहेका छन्’, अमात्यले भने। उनका अनुसार अर्वुद्ध रोगबाट ग्रस्त व्यक्ति र परिवार तथा व्यापार–व्यवसायमा घाटा बेहोरेका व्यक्ति यस्तो अन्धविश्वासमा सजिलै फस्ने गरेका छन्।

काठमाडौंमै मानव खप्पर, हड्डी र वनझाँक्रीको पन्जा

महाशाखाका अनुसार  काठमाडौंमै मानव खप्पर, हड्डी र वनझाँक्रीको पन्जा खरिदबिक्री र भाडामा उपलब्ध हुने गरेको छ। महाशाखाका एक अनुसन्धान अधिकारीका अनुसार पेसेबर जुवाडेले देशभित्र र बाहिर करोडौंको जुवा खेल्न जाँदा यस्ता वस्तु आफूअनुकूल खरिद गर्ने वा भाडामा लिएर जाने गरेका छन्।

प्रहरीले अनुसन्धान टुंग्याएको गत असारको एउटा घटनामा  मानव खप्पर र हाडखोर काठमाडौं चावहिल मित्रपार्क चोकमा रहेको एउटा पसलबाट खरिद गरेको पुष्टि भइसकेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा बरामद मानव खप्पर मित्रपार्कमा रहेको जडीबुटी पसलबाट १९ हजारमा खरिद गरेको बयान पक्राउ परेका अभियुक्तले दिएका थिए।

प्रहरीका अनुसार सीता सिवाकोटीले सञ्चालन गरेको उक्त पसलमा पक्राउ परेका कानु पहरीले आफूले पहिला पनि खरिद गरेको बताउँदै मानव खप्पर मागेका थिए। सीताका ससुरा प्रेम सिवाकोटीले सञ्चालन गर्ने उक्त पसलमा ससुराको मृत्युपछि उनी बस्दै आएकी थिइन्।

प्रहरीले बेलाबेला विभिन्न घटनामा पक्राउ पर्ने तान्त्रिकका साथबाट समेत मानव खप्पर खरिदबिक्री भइरहेको आधारमा सोही समय गौशाला, चावहिल, गुह्येश्वरीसहितका स्थानमा खोजी गरेको थियो। ‘चिहानबाटै निकालेरसमेत खरिदबिक्री हुन्छ भन्ने सुचना पाएका थियौ, तर फेला परेन,’ ती अधिकारीले भने। नागरिका दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com