ललितपुरमा पनि यान्त्रिक कुचो !


प्रकाशित मिति : श्रावण २४, २०७६ शुक्रबार

ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर ९यान्त्रिक कुचो० सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो ।

उहाँले भन्नुभयो, “ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्नेछ । यी ब्रुमर ललितपुरका अन्य मुख्य सडक जावलाखेलदेखि नख्खु पुल र पुल्चोकदेखि लगनखेलसम्म आवश्यकताअनुसार सञ्चालन गरिनेछन् ।” महानगरप्रमुख महर्जनले रु चार करोड ४८ लाख ११ हजार २८० तिरेर ललितपुरमा दुई ब्रुमर भित्र्याएको जानकारी दिनुभयो ।

जेनटेक प्राइभेट लिमिटेड कम्पनीका प्रबन्ध निर्देशक राजन श्रेष्ठले सो बु्रमर डिजेलबाट चल्ने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “सो बु्रमरसँग ६२० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता छ ।” सो कम्पनीले ललितपुरमा दैनिक ब्रुमर सञ्चालन गराउन महानगरका पाँच प्राविधिकलाई निःशुल्क तालीम दिइसकेको बताएको छ । यो ब्रुमरले परीक्षणकालका लागि एक हप्ता ललितपुरको मुख्य सडक मात्र सफा गर्नेछ । खुमलटारमा कार्यालय रहेको सो कम्पनीसँग दुई वर्ष बु्रमरको पूरै रेखदेख र मर्मतसम्भार गर्ने जिम्मेवारी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

फोहरमैला व्यवस्थापन केन्द्रका वरिष्ठ अधिकृत सुरेन्द्रराज अवालेले इटालीमा निर्माण भएको सो बु्रमरले प्लास्टिक, घाँस र धुलो सबै एकैसाथ सङ्कलन गर्ने बताउनुभयो । यसबाट सङ्कलित फोहरमध्ये पुनः प्रयोग गर्न मिल्नेलाई छुट्टै भण्डारण गरी प्रयोगमा ल्याइने, घाँसलाई कुहाएर कम्पोष्ट मल बनाइने र माटोलाई खाल्डाखुल्डी पुर्न प्रयोग गरिने अवालेले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अबको एक हप्ता सडकको गुणस्तर अध्ययन गरी त्यसैअनुरुप सो बु्रमर सञ्चालन गरिने अवालेले जानकारी दिनुभयो । ब्रुमरका कारण सडक सफा गर्न राखिएका कुनै पनि कर्मचारीको जागिर जोखिममा नपर्ने अवालेले जिकिर गर्नुभयो । हाल ललितपुर महानगरसँग सानो एउटासमेत गरी तीन ब्रुमर छन् । महानगर स्रोत भन्नुहुन्छ, “सो बु्रमरले चक्रपथ एरिया सफाइ गर्ने कुरा अघि बढाएको छैन ।”

महानगरपालिका मेकानिकल इञ्जिनीयर पुष्कर भट्टराईले महानगरले यसअघि डुलेको कम्पनीको एउटा सानो ब्रुमर सडक सफा गर्न प्रयोग गर्ने गरेको बताउनुभयो । हाल उक्त सानो ब्रुमरको ब्रस खिइएकाले त्यसलाई केवल पाटन दरबार क्षेत्रको सफाइमा प्रयोग गरिएको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “सो सानो ब्रुमर महानगरलाई सडक विभागले केही समयअघि सडक सफा गर्न सहयोग गरेको थियो ।”

यसैबीच सडकमा रोपिएका बिरुवा हरभर बनाउन रु ९० हजार खर्च गरी महानगरले सिप्रदी ट्र्ेडिङ प्रालिको दुई पानी ट्याङकर भित्र्याएको छ । भारतमा निर्मित एलपिटी १०१० मोडलको सो पानी ट्याङकरको क्षमता ६ हजार लिटर पानी भण्डारण गर्न सक्ने रहेको छ । यसअघि ललितपुर महानगरसँग पानी बोक्ने आफ्नै ट्याङकर थिएन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com