नेवारी सङ्ग्रहालय !


प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार

sf:sL, ( ;fpg -/f;;_M g]jf/L ;ªu|xfno lg/LIf0f g]jfM vn sf:sLn] kf]v/f dxfgu/kflnsf–# gbLk’/df lgdf{0f u/]sf] g]jf M If] ejgsf] t];|f] tnfdf :yflkt g]jf/L ;f+:s[lts ;ªu|xfnosf] lg/LIf0f ub}{ u08sL k|b]zsf pBf]u, ko{6g, jg tyf jftfj/0fdGqL ljsf; nD;fn . t:jL/ M s[i0f bjf8L

वासुदेव पौडेल/कृष्ण दवाडी-प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को साँस्कृतिक गन्तव्य थपिने भएको छ ।

तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण शहरमा नेवारी परम्परा तथा संस्कृतिको अध्ययन अवलोकनका लागि नेवारी सांस्कृतिक सङ्ग्रहालय स्थापनाको प्रयास गरिएको हो ।

नेवारीे संस्कृति तथा जीवनशैलीका साथै उनीहरूकोे जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गरिने सामग्रीका बारेमा पछिल्लो पुस्तालाई ज्ञान दिने र पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ सङ्ग्रहालय निर्माण गरिएको हो ।

नेवाःखल कास्कीले नेवारी संस्कृतिलाई जीवन्त राख्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पोखरा महानगरपालिका–३ नदीपुरमा निर्माण गरिरहेको सङ्ग्रहालय सम्पन्न भएसँगै यो पोखरा पर्यटनको अर्को महत्वपूर्ण गन्तव्य बन्ने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भीमसेन द्वादश गुठीको पौने तीन रोपनी जमीनमा निर्मित आकर्षक नेवाःक्षे ९नेवारी भवन०को तेस्रो तल्लामा सङ्ग्रहालय स्थापना गरिएको छ । नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले सङ्ग्रहालय अबको छ महीनापछि पूर्णतःसम्पन्न भई सर्वसाधारणका लागि खुला गरिने जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा नेवारी परम्परा तथा संस्कृति झल्काउने पुराना भाँडा, रोजा, कलश, मधुश लगायतका सामग्री राखिएको र विस्तारै थप गर्दै जाने उहाँले जानकारी दिनुभयो । सङ्ग्रहालयभित्र २३६ वर्ष पुरानो पाथी देख्न सकिन्छ भने छ फिट अग्लो पानस पनि छ । त्यस्तै २०९ वर्षअघिको गाग्री सङ्ग्रहालयमा राखिएको छ ।

सङ्ग्रहालयभित्रै तायामचाः, बाह्रभैरव नाचलगायत सम्पूर्ण नेवारी कर्मकाण्ड बारेको श्रव्यदृश्य सामग्रीसमेत राख्दै नेवारी संस्कार संस्कृतिका अध्येता र पर्यटकलाई अवलोकन गराउने लक्ष्य राखिएको पालिखेले बताउनुभयो । तीनतले भवनलाई कलात्मक ढङ्गले निर्माण गरिएको छ । भक्तपुरबाट ल्याइएको करीब २०० वर्ष पुराना झ्याल, ढोका भवनमा प्रयोग गरिएको छ । पालिखेका अनुसार हालसम्म भवनका लागि सात करोड रुपैयाँ खर्च भइसकेको र बाँकी काम सम्पन्न गर्न थप रु दुई करोड लाग्नेछ ।

निर्माण कार्य सकिएपछि पर्यटकलाई निश्चित शुल्क लिएर अवलोकन गर्ने व्यवस्था गरिने उहाँको भनाइ छ । “जनजातिका संस्कृति पनि पर्यटनका महत्वपूर्ण आकर्षण हुन्, सङ्ग्रहालयबाट कम्तीमा पनि पोखरामा पर्यटकको बसाइँ चार घण्टा लम्बिने विश्वास गरेका छौँ”, पालिखेले थप्नुभयो ।

गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९, सङ्घ सरकारद्वारा घोषित भिजिट नेपाल २०२० का साथै प्रदेश सरकारको सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यप्राप्तिको योजनालाई सङ्ग्रहालयले सघाउने विश्वास गरिएको छ ।

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले जातजातिको संस्कृतिको अध्ययन अवलोकन गर्न सकिने यस्ता पूर्वाधारबाट पर्यटकको बसाइँ लम्ब्याउने मद्दत पुग्ने बताउनुभयो ।

प्रदेश सरकारले समृद्धिको मुख्य आधारका रुपमा पर्यटनलाई लिएको र संस्कृति, प्रकृति एवं साहसिक पर्यटनका माध्यमबाट प्रदेशको समृद्धि हासिल गरिने बताउँदै उहाँले भन्नुभयो, “हामी संस्कृतिमा धनी छौँ भन्छौँ तर हाम्रा जातजातिका संस्कृतिको संरक्षण गर्न सकेका छैनौँ, यसलाई जोगाउनु टड्कारो आवश्यक छ ।”

नेवारी संस्कृतिको जगेर्ना आवश्यक भएको बताउँदै उहाँले यो राष्ट्रको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्नुभयो । मन्त्री लम्सालले सरकारले नवलपुरमा थारु, म्याग्दी वा बाग्लुङमा मगर, पोखरामा नेवारी, लमजुङमा गुरुङलगायत ११ वटै जिल्लामा फरकफरक जातिको सांस्कृतिक सङ्ग्रहालय बनाउने योजना राखेको जानकारी दिनुभयो ।

सङ्ग्रहालय निर्माणमा हालसम्म नेपाल पर्यटन बोर्ड पोखराले रु ८५ लाख लगानी गरिसकेको छ । प्राकृतिक सम्पदामा अडिएको यहाँको पर्यटनलाई थप विस्तार गर्दै नयाँ नयाँ गन्तव्य खोजी भइरहेको वास्तविकतामा नेवाः सङ्ग्रहालय महत्वपूर्ण बन्ने विश्वास लिइएको बोर्डका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो ।

नेपालका बाइसे चौबीसे राजाका पालादेखि नै पोखराको इतिहास चर्चामा रहेको बताउँदै उहाँले भन्नुभयो, “प्रकृति र संस्कृतिले भरिपूर्ण यस शहरमा नेवार जाति लामो समयदेखि बस्दै आएका कारण काठमाडौँ, भक्तपुरमा जस्तै उनीहरूको गरिमामय इतिहास कायम रहेकाले निर्माणाधीन सङ्ग्रहालयले यहाँको सांस्कृतिक पर्यटनमा विशिष्ट योगदान पु¥याउनेछ ।”

संस्कृतिविद् तीर्थ श्रेष्ठका अनुसार कास्कीका तत्कालीन राजा सिद्धिनारायण शाहले विसं १८३५ मा भक्तपुरबाट २६ घर नेवारलाई ल्याएर पोखरामा बसाउनुभएको थियो । त्यस समयदेखि नै सङ्गठितरुपमा नेवार समुदायको पोखरामा बस्ती विकास शुरु हुनुका साथै उनीहरूले यहाँ बन्द व्यापार शुरु गरेको उहाँले जानकारी दिनुभयो । विसं २०२० सम्म पनि पोखरामा मुख्य चोक तथा बजारमा नेवार समुदाय नै व्यापारमा सहभागी भएको श्रेष्ठको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com