बीपीको बिचारबाट पार्टी बिचलित भएको छैन : पाण्डे
प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार
जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गिय बीपी कोइरालाको ३७ औं स्मृति दिवस, मंगलबार न्यूयार्केमा एक कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले नेपाली कांग्रेस बीपीको आचरण, सिद्धान्त र आर्दशबाट बिचलित नभएको प्रष्ट पारेका छन् । ठूलो पार्टी भएकाले केही कार्यकर्तामा बिचलन देखिनु सामान्य भएको उल्लेख गर्दै उनले भने पार्टीले भने बाटो बिराएको छैन् ।
बीपीले प्रतिपादन गरेको सिद्धान्त र बिचारले बनेको नेपाली कांग्रेसको सदस्य हुनुमा गर्व गर्न आग्रह गर्दै नेता पाण्डेले भने, बीपी व्यक्ति होइन बिचार हो । बीपीको आचरणमा हिड्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा बिशेष अतिथि नेपाली कांग्रेसका पूर्व सचेतक शोभाकर पराजुली, कांग्रेसका नेता रबिन्द्र श्रेष्ठ, गुल्मी जिल्ला पूर्व सभापति त्रैलोक्य प्रताप सेन, काठमाण्डौ जिल्ला नेका पूर्व सचिव राजुराज जोशी, धादिङ जिल्ला कोषाध्यक्ष बाबुकृष्ण सापकोटा लगायत न्यूयोर्क न्यूजर्सी क्षेत्रका बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको महासचिव मुनेन्द्र नेम्वाङले जानकारी दिएका छन् ।
महासचिव नेम्वाङले सामाजिक सञ्जाल मार्फत कार्यक्रममा उपस्थित हुने सबैमा धन्यवाद ज्ञापन समेत गरेका छन् । कार्यक्रममा स्वर्गिय कोइरालाको बिचार, सिद्धान्त र आचरणका बारेमा कार्यक्रममा उपस्थित नेताहरुले कार्यकर्तालाई प्रशिक्षित समेत गरेका थिए ।