वडाध्यक्षको तलब  बृद्धबृद्धालाई


प्रकाशित मिति : श्रावण ५, २०७६ आईतबार

स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) ले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् ।

आइतबार बिहान वडा नं। १ को वडा कार्यालयमा गाउँका ज्येष्ठ नागरिक ९७० वर्षमाथिका० र अपाङ्गता भएका व्यक्तिलाई अध्यक्ष कुँवरले आफूलाई आएको रकम हस्तान्तरण गरेका हुन् । वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति गरी १४७ जनालाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति रु एक हजार पाँच सय र अपागङ्गता भएका व्यक्तिलाई रु एक हजारका दरले हस्तान्तरण गरेको वडा कार्यालयले जनाएको छ । “निर्वाचनबाट म जनताको सेवाका लागि अध्यक्ष भएको हुँ”, वडाध्यक्ष कुँवरले भन्नुभयो, “जनताको करबाट हामीलाई दिइएको सुविधा गाउँमै दिने निर्णय लिएको हुँ ।”

उहाँले आफ्नो कार्यकालभरी आउने सबै सुविधा वडाका ज्येष्ठ नागरिक, अपागङ्गता भएका व्यक्ति, असाहय र विपन्न परिवारलाई प्रदान गर्ने बताउनुभयो । कुवँरले गत वर्ष पनि आएको सुविधा गाउँमै वितरण गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“वडा कार्यालय आउन नसेका वृद्धवद्धालाई घरमै गएर पनि रकम पुगाउँने छु”, कुवँरले भन्नुभयो, “राजनीति सेवा हो, जागिर होइन ।” तलबवापत पाएको रु दुई लाख ६३ हजार उहाँले एक कार्यक्रमको आयोजना गरी वितरण गरेका हुन् ।

वडाध्यक्षले रकम वितरण गरेपछि गाउँका ज्येष्ठ नागरिक र अपागङ्गता भएका व्यक्तिमा खुशीयाली छाएको छ । “हाम्रा वडाध्यक्षको महानकार्यप्रति सलाम छ”, स्थानीय ८४ वर्षीय वृद्ध जयबहादुर विष्टले भन्नुभयो, “रकम भन्दा मान्छेको सामाजिक भावना ठूलो कुरो हो ।”

हरेक निर्वाचनमा मत दिएर जनप्रतिनिधि चुने पनि आफूहरुले पहिलो पटक मनकारी वडाध्यक्ष पाएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी ७२ वर्षीय ऐनबहादुर सिंहले मनकारी अध्यक्ष पाएकोमा गाउँभरीका पाकापुस्ता हर्षित भएको बताउनुभयो ।

जनप्रतिनिधी पाएसँगै गाउँमा खानेपानी, सडक सञ्जाल विस्तार, नदी नियन्त्रणका लागि तटबन्धलगायतका पूर्वाधार विकास भएको सिंहको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com