उपहार बोकेर सुत्केरीको घर पुगे गाउँपालिका अध्यक्ष !


प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार

यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक वर्षको शुरुआतबाटै सुत्केरी भएका महिलाका घर–घरमा पुगेर कोशेली वितरण शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष राजु पौडेलले शुक्रबार पहिलोपटक महाशिला–५ लुङ्खु आहाले निवासी सुत्केरी गुडिया सुनारसँग भेटघाट गर्नुभएको हो । अध्यक्ष पौडेल, उपाध्यक्ष, हीरादेवी राना, स्वास्थ्यकर्मी र वडाध्यक्षहरुको उपस्थितिमा सुत्केरी आमालाई कुखुराको भाले, घ्यू र अन्डा वितरण साथै स्वास्थ्यकर्मीबाट सुत्केरीको स्वास्थ्य जाँच पनि गरिएको महाशिलाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो ।

आमा र बच्चाको अवस्था सामान्य रहेको थियो । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरिएको हो ।

महाशिला गाउँपालिकाका छ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर स्थापना गरिएका छन् । “हरेक महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने काम भएका कारण जिरो होम डेलिभरीको अवस्था छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “अब घरमा सुत्केरी गराउने मानसिकता नै नबसोस् भनेर प्रोत्साहनको कार्यक्रम ल्याएका हौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भैँसीलाई पनि सुत्केरी खर्च
यसैगरी महाशिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन, पाडापाडी हुर्काउने कृषकलाई समेत प्रोत्साहन गर्न भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ । भैँसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी हुर्काउने कृषकलाई रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । स्थानीय जातका लिमे र पाराकोटे जातका भैँसीका पाडापाडी काटेर खानेलाई रु एक हजार जरिवाना तिराउने निर्णय गत वर्षदेखि नै कार्यान्वयनमा छ ।

महाशिला गाउँपालिकाले यसअघि एक घर एक रोजगार, रक्सी नियन्त्रण, बाँदर नियन्त्रण अभियान सञ्चालन गरेका कारण देशभर चर्चामा रहेको छ ।

यसैबीच पर्वतको महाशिला गाउँपालिका वडा नं १ जम्पुरमा पहिरोका कारण स्थानीय धनबहादुर शाहीको धन्सारसहितको गोठ भत्किएको छ । लगातारको वर्षासँगै शनिबार दिउँसो गोठमाथिबाट आएको पहिरोका कारण गोठ भत्किएको हो । गोठ भत्किँदा शाहीको गोठमा पालिएका एक ब्याउने र एक दुहुनो भैँसी मरेको छ । झण्डै रु चार लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com