अमेरिका नेपाल शिक्षा सदनको प्रथम बार्षिक उत्सव विविध कार्यक्रम साथ सम्पन्न 


प्रकाशित मिति : फाल्गुन २, २०७३ सोमबार

विजय थापा,वाशिंगटन डिसी
 
फेब्रुअरी १२ ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा गत एक बर्ष देखि संचालनमा आएको अमेरिका नेपाल शिक्षा सदनको प्रथम बार्षिक उत्सव विविध कार्यक्रम साथ सम्पन्न भएको छ l  बिशेष अमेरिकामा जन्मेका तथा नेपाली बालबालिकाहरुका लागि भाषा संस्कृति तथा नेपाल परिचय सम्बन्धी मुख्य लक्ष्य लिएर स्थापना भएको उक्त नेपाली पाठशालाको औपचारिक रूपमा गत बर्ष फेब्रुअरी ६ ,२०१६  देखि संचालनमा आएको हो l
 
डिसी महानगर क्षेत्रको मनासस क्षेत्रमा स्थापित गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको शिक्षा संकायको अमेरिका नेपाल शिक्षा सदनले पढाउने जिम्मेवार लिएको हो l गत बर्ष सरस्वती पूजामा अमेरिका नेपाल शिक्षा सदनको नेपाली विद्यालय सञ्चालनमा आएको हो l  बिगत एक बर्ष पहिला देखि स्थापित यो प्रतिष्ठानले प्रत्येक हप्ता नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा संस्कृती,नैतिक शिक्षा तथा नेपाल परिचय सम्वन्धी कक्षा सन्चालन गर्दै आइरहेको छ l
आज भएको उक्त बार्षिक उत्सवको सभापतित्व पदम राज रेग्मीले गरेका थिए भने उदय राज वस्ताकोटी प्रमुख अतिथि रहेका थिए l कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गीत बाट त्यहि पाठशालामा पढ्ने बिद्यार्थीहरुले गाएका थिए l कार्यक्रममा खेम संग्रौलाले जहाँ छन् बुद्ध का आँखा भन्ने गीत प्रस्तुत गरेका थिए भने पाठशालाका बिद्यार्थीहरु अनुश्री अधिकारी ,आभानी गौतम ,कन्चन दाहाल ,चाहत तिम्शिना तथा शुनोभा पौडेलले कति माया लाग्छ नि भन्ने गीत सामुहिक रुपमा गएका थिए l यसै गरि हास्य व्यंग्य नृत्य सुमिना तथा सीश्रीक्षाको बेजोड प्रस्तुति रहेको थियो l
 
बार्षिक प्रतिवेदन रोम ज्ञवालीले प्रस्तुत गरेका थिए भने शिक्षकको तर्फ बाट भुपाल पौडेलले मन्तब्य राखेका थिए l यसै गरि आभानी गौतम ,आश्विनी ,काजल ,सुनिता ,सुमिना,सिश्रीक्षा ,स्वीकार र श्रेयसि ,सुप्रभा ढुंगाना ,तनुजा ,बिबेचना आदिले  नृत्य प्रस्तुत गरेका थिए l यसै गरि पाठशालाका बिद्यार्थी आदित अधिकारीले कविता वाचन समेत गरेका थिए l सम्पूर्ण अभिभावकको तर्फबाट आरती सिग्देल तथा संघ संस्थाको तर्फ बाट गैर आवासीय नेपाली संघ ,भर्जिनिया शाखाका सभापति मुक्ति दवाडीले मन्तब्य राखेका थिए l 
 
कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले त्यहि बिद्यालय बाट नेपाली भाषा सिकेर आफैले आफ्नो परिचय तथा आमा बुवाको परिचय दिएका थिए l बार्षिक उत्सवमा आफ्नो प्रतिभा देखाउने र प्रस्तुति गर्ने पाठशालाका बिद्यार्थहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो l 
 
उक्त नेपाली पाठशालामा नेपालमा शिक्षण पेसामा १-२ दशक सम्म अनुभव बटुलेका शिक्षकले अध्यापन गराई रहेका छन् भने नेपालको अनुभवको साथै अमेरिकाको भर्जिनियाको अनुमति प्राप्त शिक्षकहरु पनि रहेका छन् l बिद्यालयको लागि नेपालको सरकारी तथा निजी बिध्यालयका पाठ्यक्रमका पुस्तक तथा नेपालका युकेजी देखि ३ सम्म का पाठयक्रम अनुसार पढाई जारी रहेको छ l 
 
उक्त कार्यक्रम डीसी नेपाली समाज ले १ हजार डलर ,सगुनले ३ सय डलर तथा अन्य नेपाली समुदायका सदस्यहरुले पाठशालाको लागि आर्थिक सहयोगको घोषणा गरेका थिए l 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com