चीनको जिडिपी वृद्धिदर खुम्चियो,तीन दशकपछि सबैभन्दा न्यून !


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

बेइजिङ,एएफपी/चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण चीनको आर्थिक वृद्धिदर खुम्चिएको हो ।

चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार दोस्रो चौमासिक अवधिमा कूल गार्हस्थ्य उत्पादन ६।२ प्रतिशत देखिएको छ जबकी पहिलो चौमासिक अवधिमा चीनको आर्थिक वृद्धिदर ६।४ प्रतिशत थियो ।

तर सरकारको जिडिपी प्रक्षेपण ६।० देखि ६।५ रहेकाले हालको वृद्धिलाई घटेको मान्न नसकिने चिनियाँ अधिकारीहरुको भनाई छ । यद्यपी सन् २०१८ को तुलनामा यो वृद्धिको अनुमान पनि कम नै हो । चीनको सन् २०१८ मा आर्थिक वृद्धि ६।६ प्रतिशत थियो ।

चिनियाँ अर्थतन्त्रमा निरन्तर गिरावट आएसँगै संयुक्तराज्य अमेरिकासँगको व्यापार वार्तामा चीनको अडान कमजोर हुने संकेत देखिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ तथ्याँक ब्यूरोका प्रवक्ता माओ शेङयोङले आर्थिक परिस्थिति चीन र अन्य मुलुकको निकै जटिल अवस्थामा पुगेको जनाउँदै विश्वको आर्थिक वृद्धि नै न्यून भएको र बाह्य अस्थिरता एवं अनिश्चितता बढ्दो छ भन्नुभयो ।

चीनले अर्थतन्त्रमा सुधार ल्याउन व्यापक कर कटौती समेतका विभिन्न उपाय अवलम्बन गरिरहेको छ । तर यसले मात्र पनि चीनको अर्थतन्त्रलाई विगतको अवस्थामा फर्काउन सकेको छैन ।

चीनको पहिलो छ महिनामा कूल निर्यात केबल शून्य दशमलब १ प्रतिशतले मात्र वृद्धि भएको छ । माओले भन्नुभयो– चीनले अहिल्यै पनि अर्थतन्त्रमा सुधार ल्याउन विभिन्न नीतिगत सुधार गर्न सक्दछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com