बाढी पहिरोमा ४५ जनाको मृत्यु, १० हजार ३६५ घरधुरी विस्थापित
प्रकाशित मिति : असार २८, २०७६ शनिबार
लगातारको बाढी पहिरोले देशभरमा ४५ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रका अनुसार हालसम्म ४५ जनाको मृत्यु , २२ जना बेपत्ता र २९ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सबै भन्दा धेरै ललितपुरमा ७ जनाको ज्यान गएको छ। त्यस्तै भोजपुरमा ५ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। खोटाङ, काठमाडौं मकवानपुरमा ३/३ जनाको मृत्यु भएको छ। मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २/२ जनाको ज्यान गएको छ।
इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १/१ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रको तथ्यांक छ। सबैभन्दा धेरै बिस्थापित हुनेमा सिरहामा ५ हजार सर्लाहीमा ३ हजार बारामा १६६५ मोरङमा ४००, रौतहटमा २०० घरधुरी र पर्सामा १२० घरघुरी बिस्थापित भएका छन्।
केन्द्रको तथ्यांक
bclid=IwAR3G0fsrbhVCODpYa8ixamvabuLL94dVj4CjO5iO6rPJbtPaE8FF8yBTN-A
https://drive.google.com/file/d/1tYBNbX2XECplOzZuyMwaVmwUKx6vZuA9/view