बन्दुकसम्बन्धी टिप्पणीले ट्रम्प विवादमा


प्रकाशित मिति : श्रावण २६, २०७३ बुधबार

रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका डोनल्ड ट्रम्पले बन्दुकको स्वामित्व चाहने आफ्ना समर्थकहरुलाई उनीहरुको संवैधानिक अधिकार खारेज गर्नबाट डेमोक्र्याटिक प्रतिस्पर्धी हिलरी क्लिन्टनलाई रोक्न आह्वान गरेपछि त्यसले नयाँ विवाद जन्माएको छ।

नर्थ क्यारोलाइनामा भएको र्यालीमा ट्रम्पले यदी क्लिन्टनले जिते उनले सर्वोच्च अदालतमा नयाँ न्यायाधीश नियुक्त गरेर संवैधानिक परिवर्तन गर्न बाध्य पार्ने बताए।

समर्थकहरुलाई क्लिन्टनविरुद्ध कदम चाल्न आह्वान गर्दा ट्रम्पले आफ्नी प्रतिद्वन्द्वीविरुद्ध कुनै हिंसा गर्न खोजेको रुपमा कतिपयले हेरेका छन्।

क्लिन्टनले चुनावी प्रचारप्रसारको अभियानमा ट्रम्पको उक्त टिप्पणीलाई खतरनाक भन्दै निन्दा गरेकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले आफ्नो चुनावी प्रचारप्रसारका क्रममा श्रृंखलाबद्ध रुपमा केही गलत कदम चालेपछि त्यसलाई पुन: मिलाउने प्रयास गरिरहेको जस्तो देखिंदा, उनको यो पछिल्लो टिप्पणी आएको हो।

नर्थ क्यारोलिनामा भएको र्यालीमा बोल्दै उनले यदि हिलरी क्लिन्टन राष्ट्रपतिमा निर्वाचित भए उनले संघीय न्यायाधीशहरु नियुक्त गर्न सक्ने र उनले तिनीहरुलाई अमेरिकी संविधानको दोस्रो संशोधन खारेजीका लागि प्रयोग गर्नसक्ने बताए।

दोस्रो संशोधनले हतियार राख्न सकिने अधिकार स्थापित गरेको छ।

केहीले यसलाई, ट्रम्पले बन्दुक धनीहरुलाई न्यायाधीश वा क्लिन्टनविरुद्ध हतियार प्रयोग गर्न उक्साएको रुपमा व्याख्या गरेका छन्।

क्लिन्टनको चुनावी प्रचारप्रसारमा लागेकाहरुले ट्रम्पको उक्त भनाइ खतरनाक भएको भन्दै निन्दा गरेका छन्।

तर ट्रम्पले त्यस्तो अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको भन्ने विषयलाई उनका प्रवक्ताले अस्वीकार गरेका छन्।

डेमोक्र्याटिक सिनेटर क्रिश मर्फीले भनेका छन्, ट्रम्पको उक्त आह्वान हत्याको धम्की बराबर भएको बताए।

बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com