दक्षिण अमेरिकामा भ्रष्टाचार मुख्य समस्या : मूडीज


प्रकाशित मिति : असार २६, २०७६ बिहीबार

दक्षिण अमेरिकाको खुलेआम तथा अनियन्त्रित भ्रष्टाचार नै यस क्षेत्रको आर्थिक प्रतिस्पर्धात्मक क्षमताका लागि मुख्य बाधक रहेको विश्व प्रसिद्ध क्रेडिट रेटिङ एजेन्सी मूडीजले जनाएको छ ।

दक्षिण अमेरिकाको अर्थतन्त्रमा भ्रष्टाचार बाहेक अरू पक्ष पनि उत्तिकै जल्दाबल्दा रहेको जनाउँदै बुधबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा मूडीजले विश्वव्यापी रुपमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, पूँजी आप्रवाहमा न्यूनता, प्रविधिमा हुने खललता र घट्दो असमानता पनि जिम्मेवार रहेको बताएको छ ।

तर कच्चा सामग्रीको मूल्यमा आएको गिरावट र अस्थिर पूँजी लगानीका बाबजुद समग्र दक्षिण अमेरिकी क्षेत्रको क्रेडिट परिदृश्य तुलनात्मक रुपमा स्थिर रहेको मूडीजले जनाएको छ ।

प्रतिवेदनमा कच्चा सामग्रीको मूल्य अस्थिरताले खानी उद्योग, तेल र ग्यास क्षेत्रमा लगानीको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गरेको उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नवीन प्रविधिको प्रयोगले दक्षिण अमेरिकी मुलुकहरु खासगरी अर्जेन्टिना, ब्राजिल, चिली र मेक्सिकोका उद्योगहरुमा व्यापक रुपान्तरण भइरहेको मूडीजको प्रतिवेदनमा जनाइएको छ ।

तर, पर्याप्त निगरानीको अभावमा प्रविधिको प्रयोगले दक्ष र अदक्ष कामदारबीचको विभेद् बढाउने एवं आर्थिक वृद्धिलाई अवरुद्ध तुल्याउन सक्छ ।

गत अप्रिलमा अन्तर्राष्ट्रिय मुद्राकोषले आगामी दुई वर्षसम्म दक्षिण अमेरिकाको आर्थिक वृद्धिदर कम हुने प्रक्षेपण गरिसकेको छ । प्रतिवेदनमा यस वर्ष दक्षिण अमेरिकाको आर्थिक वृद्धि करिब १।४ प्रतिशत र अर्को वर्ष २/४ प्रतिशत मात्र हुने आँकलन गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com