भोजपुरमा विप्लव समूह-प्रहरी भिडन्त, प्रहरीसहित २ जना मारिए
प्रकाशित मिति : असार २४, २०७६ मंगलबार
भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुह र प्रहरीबीच गोली हानाहान भएको छ । बुधबार बिहान सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा उक्त झडप भएको प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।
उक्त झडपमा दुवै तर्फ एक/एक जनाको मृत्यु भएको बताइएको छ । बिहान साढे आठ बजे गोली हानाहान हुँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इञ्चार्ज निरकुमार राईको मृत्यु भएको जनाएकाे छ ।
गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको छ । अरू प्रहरी पनि घाइते भएकाे र उनीहरुलाई अस्पताल लगिएको भाेजपुर प्रहरीले जनाएकाे छ ।