तरकारी र फलफूलमा विषादी परीक्षण रोकेपछि नेविसंघ सड्कमा
प्रकाशित मिति : असार २२, २०७६ आईतबार
नेपाल विद्यार्थी संघ नेविसंघका विद्यार्थीहरुले तरकारीमा विषादी परीक्षण नरोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । भारतबाट आयात हुने तरकारीको विषादी भित्र्याएको भन्दै परीक्षणलाई नरोक्न दवाब दिने उद्देश्यले नेविसंघले आज प्रदर्शन गरेको हो।
सरकारले गत असार २ गते निकासी पैठारीसम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरी तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख गर्दै चेकजाँचलाई अघि बढाएको थियो ।जसको भारतीय दूतावासले पत्र लेखेरै विरोध गर्यो ।
लगतै सरकारले तयारी नपुगेको र चेकजाँच गर्ने आवश्यक पूर्वाधार नभएको भन्दै ६ महिनालाई विषादी जाँच गर्ने निर्णय स्थगित गर्यो । जसको अहिले सर्वत्र विरोध भइरहेको छ ।सत्तारुढ नेकपाकै सांसदहरुले भारतीय दबावसामू सरकार झुकेको भन्ने आरोप लगाइरहेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले पूर्वाधार नभएकाले तत्काललाई निर्णय फिर्ता लिएको जवाफ दिएका छन् ।जसको अहिले सर्वत्र विरोध भइरहेको छ ।
नेविसंघले आइतबार प्रदर्शनीमार्गमा तरकारी पहिरिएरै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले जनतालाई विष खुवाउने कार्य बन्द गर्, विषादीयुक्त तरकारी र फलफूल आयातमा रोक लगा ,नाकामा तरकारी र फलफूलमा विषादी परीक्षण किन रोकियो सरकार ? जस्ता शब्द लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।