खलो प्रथाले परिवार पाल्नै मुस्किल


प्रकाशित मिति : असार १४, २०७६ शनिबार

करीब पाँच दशकदेखि फलाम पिट्दै आउनुभएका सिस्ने गाउँपालिका–१ का राजु कामीलाई खलो प्रथाबाट परिवार पाल्न मुस्किल भएको छ । आफूले १५ वर्षको उमेरदेखि नै पलाम पिट्न थालेको बताउने उहाँले फलामका भाँडा बनाएबापत स्थानीय बासिन्दाले आफूलाई वर्षमा प्रतिघर चार पाथी अन्न दिँदै आएको बताउनुभयो ।

वर्षभरि फलाम पिटेर प्रत्येक घरबाट दुई पाथी गहुँ र दुई पाथी मकै पाउने गरेको र त्यसबाट परिवार पाल्न मुस्किल परेको उहाँको भनाइ छ ।

त्यस्तै पुथा उत्तरगङ्गा गाउँपालिका–१४ का गाइने कामीलाई पनि परम्परागत आरन व्यवसायबाटै भएको आम्दानीले छ जना परिवारको गुजारा चलाउन मुस्किल भएको छ । उहाँको आम्दानीको स्रोत भनेको एउटा आरनबाहेक अरु केही छैन । जिल्लामा आरन सञ्चालन गरेर जीवन गुजारा गर्नेहरुको सङ्ख्या झण्डै १३० को हाराहारीमा रहेको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढाले बताउनुभयो ।

यहाँ आरन व्यवसायमा दलित जातिको बाहुल्य छ । उनीहरुसँग पर्याप्त जग्गा जमीन नहुँदा कृषि पेशामा पनि लाग्न पाएका छैनन् । कतिपयको त आफ्नो नाममा एक टुक्ता पनि जमीन नहुँदा सार्वजनिक जग्गा वा अर्काको जग्गाामा छाप्रो राखेर बस्न बाध्य भएका छन् । बजारमा स्टिल र प्लाष्टिकको भाँडाको प्रयोग बढेसँगै वर्षौंदेखि गाउँगाउँमा सञ्चालन भएका आरनको संरक्षण हुन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परम्परागत रुपमा सञ्चालनमा आएका आरनमा फलामका भाँडावर्तन बनाइदिएको साटो खलो उठाएर खाने गरेको भूमे गाउँपालिकाका अर्का आरन व्यवसायी सेतु विकले बताउनुभयो ।

पछिल्लो चरणमा स्थानीय तहले आरन संरक्षणतर्फ पनि बजेट छुट्याएका छन् । सिस्ने गाउँपालिकाले गाउँपालिकाका विभिन्न वडाहरुमा आरन सञ्चालनको लागि भवन निर्माण गरिदिएको छ भने आरनसम्बन्धी तालीम पनि सञ्चालन गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com