पाँच लाख २८ हजार महिलामा पाठेघरको क्यान्सर


प्रकाशित मिति : असार १४, २०७६ शनिबार

विकासोन्मुख देशका महिलामा पाठेघरको क्यान्सर धेरै देखिने गरेको पाइएको छ । नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल प्रहरी अस्पतालको आयोजना तथा टोखा नगरपालिकाको सहकार्यमा आज यहाँ आयोजित ‘महिलामा हुन सक्ने क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य जाँच’का वक्ताले अल्पविकसित मुलुकका महिलामा पाठेघरको क्यान्सर धेरै हुने गरेको जानकारी दिइएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष प्रमिला खनालले नेपालमा वर्षेनी क्यान्सरका कारण हजारौँ महिलाले अकालमा ज्यान गुमाउनुपरेको बताउँदै उक्त रोगबाट बच्न श्रीमती सङ्घले जनचेतनामूलक तथा निःशुल्क स्वास्थ्य जाँचको कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

“पाठेघरको क्यान्सरबारे आम महिलामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक छ,«”–उहाँले भन्नुभयो । अध्यक्ष खनालले अपराध रोकथाम र सामाजिक सुरक्षा अभिवृद्धिमा नेपाल प्रहरी श्रीमती सङ्घले नेपाल प्रहरीसँगको सहकार्यमा समुदायलक्षित कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले महिलामा हुने विभिन्न प्रकृतिका रोगको उपचारका लागि नगरपालिकाले सङ्घ संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

“जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले चाँडै नै नगरस्तरीय अस्पताल सञ्चालन गर्न लागेको छ,”–उहाँले भन्नुभयो ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले महिलामा पाठेघर क्यान्सरको समस्या व्यापक रुपमा देखिँदै गएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । “महिलाले आफूमा भएको समस्या चिकित्सकका माझ खुलस्त रुपमा राख्नुहोस्,”–उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वमा पाँच लाख २८ हजार महिलामा पाठेघरको क्यान्सर देखिएकोमा ८० प्रतिशत अविकसित मुलुकका महिला रहेको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक आशा सिंहले जानकारी दिनुभयो । सानो उमेरमा विवाह, यौन व्यवसायमा लाग्ने, बढी मात्रामा मादक पदार्थ सेवन गर्ने महिलामा धेरै पाठेघरको क्यान्सर हुने गरेको सिंहले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com