प्रेस स्वतन्त्रतालाई खुम्चाउने प्रयास भएको छ : सभापति देउवा


प्रकाशित मिति : असार १४, २०७६ शनिबार

PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाउनुभएकोे छ ।

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्म भई समाजका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिलाई आज यहाँ सम्मान गर्दै उहाँले प्रेसलाई कमजोर बनाउनु भनेको मुलुकलाई अधिनायकवादको दिशातर्फ उन्मुख गराउनु हो भन्नुभयो ।

सम्मानित हुनेमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, सामुदायिक वनका अभियन्ता निलप्रसाद भण्डारी, पूर्व प्रशासक नेत्रबहादुर कार्की, शिक्षासेवीद्धय अञ्जु खड्का र मोहन कोइराला तथा गीत सङ्गीत क्षेत्रका प्रतिभा आयुष केसी हुनुहुन्छ ।

समारोहमा बालप्रतिभा केसीलाई प्रेरणा दिन गाउँपालिकाको तर्फबाट रु दुई लाख नगद प्रदान गरियो । पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो– “सरकारले जनतालाई ठूलो करको भार थोपरेको छ, यसबाट जनताले निकै सास्ती खेप्नु परेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लोकतन्त्र र संविधानले सुनिश्चित गरेका गतिविधिलाई अँकुश लगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँले नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेका स्थानीय तहमा जनतालाई आर्थिक भार पर्ने कुनै पनि कर नलगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो ।

नेपाली काङग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक सङ्घीयतामा गएसँगै सिहदरबारको अधिकार गाँउ–गाँउमा पु¥याउने भनिएकोमा अहिले बालुवाटर केन्द्रित गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

विश्वमा सामुदायिक सम्बन्धी नीति अँगालेका देशका लागि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका प्रेरणाको स्रोत बनेकोमा खुशी व्यक्त गर्दै उहाँले गाउँपालिकाले जनताका लागि प्रदान गर्ने सेवामा करमुक्त गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसीले जनतामा राज्यबाट प्रदान गरिने सेवा सहज ढङ्गबाट उपलब्ध गराउन स्थानीय तह प्रतिबद्ध छ भन्नुभयो । हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले स्थानीय तहले सङ्कलन गर्ने राजश्वको ५० प्रतिशत खर्च गर्न पाउने व्यवस्था कडाइका साथ पालना गराउन तथा स्थानीय तहलाई कुन ढाँचामा अघि बढाउने भन्नेमा पार्टीको स्पष्ट निर्देशन हुन आवश्यक रहेको बताउनुभयो ।

प्रेस स्वतन्त्रतालाई खुम्चाउने प्रयास भएको छ– सभापति देउवा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाउनुभएकोे छ ।

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्म भई समाजका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिलाई आज यहाँ सम्मान गर्दै उहाँले प्रेसलाई कमजोर बनाउनु भनेको मुलुकलाई अधिनायकवादको दिशातर्फ उन्मुख गराउनु हो भन्नुभयो ।

सम्मानित हुनेमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, सामुदायिक वनका अभियन्ता निलप्रसाद भण्डारी, पूर्व प्रशासक नेत्रबहादुर कार्की, शिक्षासेवीद्धय अञ्जु खड्का र मोहन कोइराला तथा गीत सङ्गीत क्षेत्रका प्रतिभा आयुष केसी हुनुहुन्छ ।

समारोहमा बालप्रतिभा केसीलाई प्रेरणा दिन गाउँपालिकाको तर्फबाट रु दुई लाख नगद प्रदान गरियो । पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो– “सरकारले जनतालाई ठूलो करको भार थोपरेको छ, यसबाट जनताले निकै सास्ती खेप्नु परेको छ ।”

लोकतन्त्र र संविधानले सुनिश्चित गरेका गतिविधिलाई अँकुश लगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँले नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेका स्थानीय तहमा जनतालाई आर्थिक भार पर्ने कुनै पनि कर नलगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो ।

नेपाली काङग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक सङ्घीयतामा गएसँगै सिहदरबारको अधिकार गाँउ–गाँउमा पु¥याउने भनिएकोमा अहिले बालुवाटर केन्द्रित गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

विश्वमा सामुदायिक सम्बन्धी नीति अँगालेका देशका लागि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका प्रेरणाको स्रोत बनेकोमा खुशी व्यक्त गर्दै उहाँले गाउँपालिकाले जनताका लागि प्रदान गर्ने सेवामा करमुक्त गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसीले जनतामा राज्यबाट प्रदान गरिने सेवा सहज ढङ्गबाट उपलब्ध गराउन स्थानीय तह प्रतिबद्ध छ भन्नुभयो । हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले स्थानीय तहले सङ्कलन गर्ने राजश्वको ५० प्रतिशत खर्च गर्न पाउने व्यवस्था कडाइका साथ पालना गराउन तथा स्थानीय तहलाई कुन ढाँचामा अघि बढाउने भन्नेमा पार्टीको स्पष्ट निर्देशन हुन आवश्यक रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com