होसियार ! इतिहास भैसकेको गुठी विधयकको विरोधको नाममा निरंकुशताको आधार खडा गर्ने षड्यन्त्र


प्रकाशित मिति : असार ४, २०७६ बुधबार

– राधाकृष्ण देउजा

केहि समय अगाडी सरकारले गुठीको नाममा रहेका जग्गाहरुसंग सम्वन्धित रहेर त्यसलाइ नियमन गर्ने मनसायले विधयक छलफलमा ल्याउन खोजेको थियो  ।  नेपालमा विद्धमान गुठीहरु ठाउँ अनुसार फरक फरक हिसावले संचालित थियो र छ नै , गुठीका सम्पत्ति र त्यस्ता सम्पत्तिहरुको भोग चलन पनि गुठि अनुसार आफ्नै आफ्नै ढंगले भैरहेकै छ ।

देशमा भैरहेका सवै गतिविधिहरुको निगरानी राख्दै भए गरेका र हुने  सवै गतिविधिहरुलाइ नियमन गर्नु पर्ने दाइत्व बोकेको सरकारले स्वाभाविक रुपमा  गुठीहरुका नाममा हुने गतिविधिहरुलाइ पनि संरक्षण, व्यवस्थापन र नियमन गर्नुनै पर्ने हुन्छ । त्यसो गर्दै गर्दा कतिपय नया कानुन बनाउनु पर्ने अनि कतिपय विद्धमान व्यवस्थामा संशोधन गर्नु पर्ने पनि हुन्छ , त्यसैले गुठी वा अन्य कुनै विषयमा विधयक ल्याइनुलाइ भविष्यमा पनि   अन्यथा मान्नु हुदैन ।

त्यो सामान्य र स्वाभाविक कामकै अंश हुन तर त्यसो गर्दै गर्दा प्रस्तावित विधयकले समग्र जनताको मनोभावनाको प्रतिनिधित्व गर्छ वा गर्दैन ? प्रस्तावित विधयकले समग्रतामा कस्तो प्रभाव पार्छ, प्रस्तावित विधयकले जनताको भावनामा ठेस पुग्छ वा पुग्दैन ? कतै विधयकमा उल्लेखित प्रावधानले कुनै धर्म , जात , क्षेत्र वा लिङ्ग विशेषको भावना, संस्कृति , परम्परा र मान्यतालाइ प्रहार गरेको पो ठहर्छ कि ?भन्ने जस्ता प्रश्नहरुमा संवेदनशील रहेर मात्रै विधयकहरु तयार गरिनु पर्छ , गुठी विधयकको सन्दर्भमा पनि त्यही गरिनु पर्थ्यो तर त्यस्तो गरेको देखिएन ।

स्वाभाविक संसदीय प्रक्रियामा सरकारले प्रस्तावित गरेको विधयक उपर संसदमा  छलफल भएर संसदबाट त्यसको आवश्यकता , औचित्य र महत्वलाइ हेरेर सक्दा रहेका कमजोरी संशोधन गर्ने नत्र  ठिक हुँदा पास बेठिक हुँदा फेल गरिनु पर्ने  हो ।  तर नेपालको सन्दर्भमा धेरैजसो विधयकहरुलाइ  संसदमा प्रवेश पाउनु पुर्वनै विवादित बनाउने गरिन्छ ,  समग्रतामै विधयक जनविरोधी रहेको जसरि व्यख्या विश्लेषण गरिने गरको छ ।

कुनै बेला आफु सत्तामा रहँदा आफैंले बनाएको विधयकलाइ आफु प्रतिपक्षमा पुगेको समयमा  अरुले सत्तापक्षको रुपमा प्रस्तुत गर्दा त्यसको पनि विरोध गर्ने, धज्जी उडाउने काम समेत भए गरेको देखिन्छ । चर्चित र विवादित गुठी विधयकको सन्दर्भमा समेत त्यस्तो भएको पनि देखियो । लोकप्रिय र विश्वसनीय  संचार माध्यममा ” अहिले नेकपाको सरकार द्वारा प्रस्तुत विधयक नेपाली काँग्रेस सरकारले विगतमा ल्याएको विधयकको हुवहु ” भनेर तथ्य प्रमाण सहितनै लेखिनुले  त्यो प्रष्ट भएको थियो तर पनि सस्तो लोकप्रियताको निम्ती गुठी विधयकको विरुद्धमा रहेको देखाउन काँग्रेसले कुनै कसर बाँकी राखेको देखिएन ।

जतिसुकै दुखद र हास्यास्पद भएपनि यसलाइ लोकतान्त्रिक पद्धतिको एउटा पाटोनै मान्दिने हो भने पनि यस्ता हचुवा, असंवेदनशील र अपरिपक्क ढंगले विधयकहरु निर्माण हुने अनि त्यसको कथित विरोध गर्दै लोकतान्त्रिक अभ्यास गर्ने नाममा अन्तत लोकतन्त्र माथि धावा बोल्नेहरुलाइ खेल्ने ठाउँ दिने गतिविधिलाइ अनदेखा गर्ने काम गर्नु उचित हुनेछैन ।

बिना कुनै संकोच भन्नै पर्छ फिर्ता गरिएको गुठी सम्वन्धि विधयक  उचित थिएन, त्यसले  जनताको भावनाको कदर गर्न सकेको थिएन, संवेदनशीलतालाइ समग्रता बुझेको पनि  थिएन । चर्चित अनि विवादित हुनपुगेको गुठी  विधयकलाइ सरकारले फिर्ता लिनुले पनि  त्यो कुनै न कुनै हिसाबले गलत थियो , जनताको भावनाको प्रतिकुल थियो भन्ने त प्रष्ट भैसकेको छ ।

सरकारले त जे ठिक हो त्यही गरिसकेको छ , बुद्धिमता देखाएको छ , यसो गरेर उसले आफु जनताको भावना अनुरुप मात्रै चल्ने गरको पुष्टि गरेको छ । तर उदेकलाग्दो ढंगले फिर्ता भैसकेको विधयकको विषयलाइ लिएर माइतिघर मण्डलामा प्रदर्शन गरेको पनि देखियो । त्यहाँ प्रदर्शनमा जाने जनताको पङ्क्तिको भावना पवित्रनै थियो भन्नेमा शंका गर्न आवश्यक छैन  ।  जसले जेसुकै भनेको होस माइतीघरको त्यो प्रदर्शन  सरकारले गलत नगरोस भन्ने खवरदारी थियो । जे सत्य हो  त्यसलाइ त्यसै ढंगले नै बुझ्नु पर्छ ।

विधेयककोबिरुद्धमा भएको प्रदर्शन ।

यद्धपि माइतिघरमा देखिएको जनउभारको हवाला दिंदै जसरि विभिन्न संचार माध्यम र  सामाजिक संजालहरुमा जेजस्ता प्रतिक्रियाहरु देखिएका छन त्यसले चाहिं जनताले लडेर ल्याएको लोकतन्त्रको विरुद्धमा कहीं कतै ठुलै षड्यन्त्र पो हुँदछ भन्ने प्रष्ट पारेको छ ।  सरकारको मनसाय गलत नहुँदा नहुँदै पनि यदाकदा हुन जाने त्रुटीहरुलाइ ठुलो बनाएर,  जनताको भावना भडकाएर, लोकतन्त्रवादीहरुलाइ समेत विभाजित गरेर निरंकुशताको अर्को अभ्यासको सपनालाइ साकार पार्न त खोजिंदै छ भन्ने प्रष्ट पारेको छ ।

यस सत्य प्रति  बढो गम्भीर हुन जरुरि छ र  आफ्ना गतिविधिहरुलाइ  त्यसै सत्यको मनन गर्दै आवश्यक पर्दा परिमार्जन  गर्न सत्तापक्ष, प्रतिपक्ष देखि तमाम जनताहरु तयार रहनु पर्ने भएको छ  ।  सवैले बुझ्नुपर्छ नेपालमा मात्रै हैन संसारका धेरै देशहरुमा धेरै पटक जनता-जनतालाइ भिडाएर निरंकुशताले आफ्नो जग निर्माण गर्ने गरको छ , नेपालमा पनि समयमा सचेत नहुँदा त्यस्तो धेरै पटक भएको छ र फेरी नहोला भन्न सकिन्न ।

कुनै आग्रह, पूर्वाग्रह नराखिकन भन्ने हो भने जनताको  तर्फबाट सरकारको कुनै पनि क्रियाकलापको बारेमा विरोध गर्न पाइन्छ, प्रतिपक्षले पनि सरकारको आलोचना गर्न पाउँछ र पाउनु पर्छ , सरकारले पनि तथ्य, तर्क र आवश्यकताको जगमा जनताले सिधै उठान गरेका वा प्रतिपक्ष मार्फत उठाइएका सहि कुराहरुको सुनुवाई गर्नुपर्छ र त्यसो गर्दै सवै मिलेर लोकतन्त्रलाइ सँस्थागत गर्ने दाइत्व पुरा गर्नुपर्छ ।

तर पछिल्ल्लो घटनाक्रमहरुलाइ नियाल्ने हो भने त्यस्तो भैरहेको देखिदैन ।  सत्तामा रहेको नेकपाले त जनताको भावना विपरितको विधयक फिर्ता लिएर आफ्नो दाइत्व पुरा गरेको देखियो तर प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले आफ्नो दाइत्व पुरा गरको देखिएन किनकि जनभावना अनुसार विधयक फिर्ता लिने सरकारी कदमको समर्थन गर्दै त्यसको निम्ती सरकारलाइ धन्यवाद दिनुपर्थ्यो तर त्यस्तो भएन । परिणाम के भयो ? निरकुंशतावादीहरुले  लोकतान्त्रिक विधिबाट निर्वाचित आफ्नो सरकारले फेरी कहीं कतै गल्ति नगरोस भनेर खवरदारी गर्न निस्किएको जनताको पङ्क्तिलाइ लोकतान्त्रिक रुपमा निर्वाचित सरकार विरोधी जनमतको रुपमा मात्रै हैन लोकतान्त्रिक व्यवस्था विरोधी जनमतको रुपमा व्याख्या गर्दै त्यसलाइ प्रतिगमन तर्फको यात्राको सुरुवातको रुपमा व्याख्या गर्ने अवसर पाए ।

संसारका धेरै देशहरुमा जस्तै नेपालमा पनि लोकतान्त्रिक व्यवस्थाका पक्षधरहरुको विचमा विवाद खडा गराएर निरंकुशताको निम्ती आधार तयार पार्न तम्सिएकाहरुले हौसिने मौका पाए । यो किमार्थ उचित हैन , यसले कसैको हित गर्दैन । सवैले बुझ्नु पर्छ को लोकतन्त्रलाइ कम्जोर पार्न सफल भएर निरंकुशताले टाउको उठाउन पायो भने त्यसले वर्तमानमा सत्तामा  रहेको नेकपालाइ , लोकतान्त्रिक विधिबाट कुनै दिन सत्तामा पुग्न सक्ने नेपाली काँग्रेस लगायतका राजनीतिक दलहरुलाइ मात्रै हैन सहि र सत्यको निम्ती आवाज उठाउन तयार रहने जनताको सिङ्गो पङ्क्तिलाइ पनि बक्सिने वाला छैन ।

अनि कसैले माने पनि नमाने पनि सानो सानो कुरामा जनतालाइ भड्काउने संगठित प्रयाशमा निरंकुशताका पक्षधरहरु लागेको लाग्यै छन l सरकारले गुठी विधयक फिर्ता लिसकेको अवस्थामा पनि सरकारले भविष्यमा  समेत यस्ता गल्ति नगरोस भन्ने सदासयताले खवरदारी गर्न  लोकतान्त्रिक जनताहरुले गरेको पर्दर्शनलाइ लोकतन्त्र विरोधी जनमतको रुपमा ब्याख्या गर्ने  र प्रचार गर्ने काम चाहिं निरंकुशतावादीहरुको षड्यन्त्रकै पाटो हो भन्ने बुझ्न ढिला गर्नु हुदैन । तसर्थ लोकतन्त्रको अभ्यास गर्दैगर्दा सकेसम्म गल्ति नगर्ने ,  भएमा तत्काल सच्याउने र सदैव जनताको भावनाको कदर गर्नेमा सवै लोकतन्त्रवादीहरु  प्रतिवद्ध रहनुपर्छ ।

समय-समयमा देखिने साना साना कुराहरुलाइ निरंकुशतावादीहरबाट   यो वा त्यो ढङ्गले भडकाउने कोशिस हुनु , घटना र परिस्थितीलाइ आफु अनकुल ब्याख्या गरिनु  , लोकतन्त्र भन्दा निरंकुशतानै सहि थियो भन्ने जस्ता तर्क अगाडी सारिनु पनि स्वाभाविकनै हुन्छ तर त्यस्ता तर्क र कुप्रचारले  लोकतन्त्रको निम्ती सदैव  लडेका दलहरु देखि जनतासम्मलाइ दिग्भ्रमित पार्न सक्यो भने चाहिं त्यो दुर्भाग्य हुनजान्छ । निरंकुशतावादीहरुको षड्यन्त्रमा परेर लोकतान्त्रिक शक्तीहरुको विचमा दुरी बढ्यो भने अन्तत लोकतन्त्रको कत्लेआम हुनेछ ।  तसर्थ अव लोकतन्त्रलाइ व्यवस्थित र सँस्थागत गर्ने काममा विश्वसनीय सहकार्यको थालनी होस । गुठी विधयक इतिहास भैसक्यो , इतिहास भासैकेको गुठी विधयकको विपक्षमा रहेको भन्ने नाममा निरङ्कुश प्रतिगामी षड्यन्त्रको गोटी नबनौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com