लहानको फोहर १ महीनापछि उठ्यो


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

लहान नगरपालिका र स्थानीयवासीबीच तीन बुँदे सहमति भएपछि एक महीनादेखि रोकिएको फोहर उठाउने कार्य शुरु भएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको पहलमा हिजो भएको सर्वपक्षीय बैठकमा लहान नगरपालिका–४ का स्थानीयवासीले हाल रहेको डम्पिङसाइट नजिकै खाल्डो खनेर फोहर नष्ट गर्न दिने सहमति दिएपछि फोहर उठाउने कार्य शुरु भएको हो ।

फोहर व्यवस्थापनका लागि लहान नगरपालिकाले विकल्प खोज्ने र विकल्प नहुञ्जेलसम्म हाल वडा नं ४ स्थित डम्पिङसाइट नजिकै रहेको दुमुहानमा खाँल्डो खनेर फोहर नष्ट गर्ने सहमति भएपछि फोहर उठ्न थालेको लहान नगरपालिका–७ का वडाध्यक्ष तथा समस्या समाधान कार्यदलका सदस्य राकेश गुप्ता रोशनले जानकारी दिनुभयो ।

विगत एक महीनादेखि लहान नगरपालिकाले वडा नं ४ का स्थानीयवासीको अवरोधलाई कारण देखाउँदै लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डङ्गुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको थियो । लहानस्थित गुदरी बजार, शिव मन्दिर, साप्ताहिक हाटबजार, सवारीसाधन पार्किङस्थल र सडक छेउछाउमा फोहरको डङ्गुरले सर्वसाधारण नाक थुनेर हिँड्न् बाध्य भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत वैशाख ३१ गते नगरपालिकाका सरसफाइ कर्मचारी फोहर व्यवस्थापन गर्न केन्द्रमा स्थानीयवासीले आफूहरुको स्वास्थ्यमा समस्या भएको भन्दै फोहर फाल्न अवरोध गरेका थिए । त्यसपछि कर्मचारीले बजारमा कुचो लगाउने, तर फोहर नउठाउने गरेकामा गत जेठ ८ गतेबाट कुचोसमेत लगाउन छाडेपछि सडकमा फोहर थुप्रिएको थियो ।

फोहरबाट मोहर निकाल्ने नारा दिँदै विसं २०७१ मै उक्त फोहर व्यवस्थापन केन्द्र स्थापना गरिए पनि बजारको फोहर लगेर व्यवस्थापन केन्द्रमा जथाभावी फाल्दा दिनदिनै दुर्गन्ध बढेपछि वडावासीले अवरोध गरेको लहान नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डितको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com