जीप दुर्घटनामा ४ जनाको मृत्यु   


प्रकाशित मिति : असार २, २०७६ सोमबार

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाँउपालिका जाँदै गरेको से। १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्वार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

तीन जनाको उद्वार गरि सके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उहाँले बताउनुभयो । अहिलेसम्म चार जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रम्ुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरिक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ । उद्वारका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com