रुपन्देहीमा बस्ने रेसुङगा ४ का गुल्मेलीको सम्पर्क समाज


प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार

गुल्मीको रेसुङगा नगरपालिका वार्ड नम्बर ४ जन्मथलो र पुख्यौली थलो भई रुपन्देहीमा बसोबास गर्नेहरुको सम्पर्क समाज स्थापना गरिएको छ । अर्खले, जोगिथुम र सेउघा लगायतका स्थानबाट आएर रुपन्देहीमा बस्नेहरुको सम्पर्क समाज गठन गरिएको हो ।

शनिबार बुटवलको बुटवल बहुमुखी क्याम्पसमा सम्पन्न प्रथम भेलाले खुमानन्द पन्थीको अध्यक्षतामा समितिको गठन गरेको छ । जसमा मिना भण्डारी उपाध्यक्ष, राजन गौतम सचिव, मोतिराम गौतम सहसचिव, खगराज मरासिनी कोषाध्यष, र कृष्ण प्रसाद पाण्डे सह कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गिता पन्थी, अनन्त पन्थी, बलराम भण्डारी, टोमलाल पाण्डे, टामलाल पन्थी, लक्ष्मण भण्डारी र कृष्णप्रसाद पन्थी रहेका छन् । समितिका सल्लाहकारमा दधिराम गौतम, रोमाकान्त पन्थी, केशवराज भण्डारी, गोकर्णराज पन्थी, नेत्रप्रसाद खनाल रहेका छन् ।

एकअर्कालाई सहयोग आदान प्रदान गर्न र सम्पर्क बढाउनका लागि समाजको स्थापना गरिएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com