बाँकेको राप्तीपारिस्थित छोट्की चौफेरीमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ । हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका १ मा रहेको उक्त गाउँका ३८ वटा घर जलेर नष्ट भएका हुन् ।
स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो । मध्याह्न सबा १२ बजेतिर आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी चौकी खडैँचाबाट प्रहरी सहायक निरीक्षक कवीन्द्र कठायतको नेतृत्वमा पाँचजनाको टोली खटिएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।