३८ क्यून्टल सुन प्रकरणका खेलाडी मानिने मलहोत्राको मापदण्डविपरित अपार्टमेन्ट


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

३८ क्यून्टल सुन प्रकरणको खेलका खेलाडी मानिने दीपक मलहोत्रा अपार्टमेन्टको विवादमा तानिएका छन् । राजनीतिक संरक्षण जोगिदै आएका दीपक मलहोत्रा मापदण्ड विपरित अपार्टमेन्ट खडा गरेर झनै विवादमा तानिएका हुन् ।

सर्वत्र विवादित बनेका दीपक मलहोत्रा मनि मसलको बलमा गगनचुम्बी अपार्टमेन्ट खडा गरेर उनी थप अर्काे विवादमा फसेका छन् । राजधानीमा धेरै अपार्टमेन्ट मापदण्ड विपरित बनेका छन्, त्यसैलाई पछ्याउदै सुन प्रकरणका विवादित दिपक मलहोत्राले कालिकास्थानमा महल खडा गरेर स्थानियबासीलाई त्रसित पारेका छन् ।

त्रिभुवन विमानस्थल परिसरको भवन भाडाको विषय होस या काठमाडौकै मुटुमा मापदण्डविपरित अपार्टमेन्ट खडाको विषयले उनी झनै विवादमा फसेका छन् ।उनले कालिकास्थानमै मापदण्डविपरित अपार्ट निर्माण गरेर स्थानीयमा त्रास दिएका हुन ।

एकातिर विमानस्थल परिसरको भवन लिजमा विक्री गर्ने गरि सम्झौता गरेका मालहोत्राले हालसम्म भवन अधुरो राखेका छन् । कानुनतः सम्झौतामा बेइमानी गर्नु चरम भ्रष्टाचार हो । मापदण्डलाई लत्याउनु पनि आचरणीय भ्रष्ट्राचार हो । संविधान र कानुनलाई उल्टाउदै अकुत धनको खर्चेर अपार्टमेन्ट खडा गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजनीतिक शक्तिका बलमा सर्वत्र लिज ठेक्कामा हैकम जमाएका मलहोत्राले विमानस्थल पनि छोडेका छैनन् । संझौतालाई ठाडै उलंघन गर्दै विमानस्थल परिसरको भवन अधुरो अझै छ । व्यवसायीक उदेश्यले विमानस्थल परिसरमा भवन लिजमा दिने गरि नागरिक उड्यान प्राधिकरणसंग सम्झौता गरेका थिए मलहोत्राले । तर सम्झौता अनुसार उनले भवन समयमै पुरा गर्न सकेका छैनन् ।

भवन पुरा हुन नसक्दा व्यवसायीहरुमा मारमा परेका छन् । भौतिक संरचना पुरा नहुदै ठूलो रकमको पेश्की असुलीरहेका छन् । तर न्यूनतम भवनको सुविधा दिन पनि सकेका छैनन् । आधारभूत सुविधा नपाउदा व्यवसायी पीडित छन् । तर डर धम्कीका कारण उनीहरु यस विषयमा बोल्न डराउछन् ।

यस्तै दादागिरी निजी अर्पाटमेन्टमा पनि छ । राजनीतिक शक्तिको आडमा जताततै रा“इदा“इ चलाइरहेका सुन तस्करी विवादका एक पात्र दीपक मलहोत्रा अपार्टमेन्टमा पनि मुछिएका छन् । कानुनलाई चुनौति दिने गरि उनले बनाएको कालिकस्थानको अपार्टमेन्ट अर्काे विवादको प्रतिनिधि मुद्दा हो । उनले कानुनलाई चुनौति दिने गरि बनाइएको अपार्टमेन्ट कति कालजायी छ भन्ने तथ्य २०७२ को भूकम्पलाई स्मरण गरेपुग्छ । मलहोत्राले काठमाडौको मुटु कालिकास्थानमै मापदण्ड विपरित अपार्टमेन्ट खडा गरेर सबैलाइ त्रसित बनाएका छन् ।

एकातिर राज्यको व्यवस्थित शहरीकरणको दीर्घकालीन नीति र योजना नहुनु अर्काेतिर भुकम्प प्रतिरोधि भवन निर्माणमा हुने हेलचेक्र्याइले प्रकोपपछिको संकट कहाली लाग्दो हुने देखाउछ । सरकारी मापदण्डलाई कुल्चेर अपार्टमेन्ट बनाउने होड नै छ राजधानीमा । पछिल्लो समय बढ्दो शहरिकरण तथा आधुनीकिकरणको नाउमा भवन ठडयाउने होड छ । अकुत धन्दा र व्यवसायबाट आर्जित धन यस्तै अपार्टमेन्टमा पनि खर्चिएको तथ्य भेटिन्छन् ।

गत २०७२ साल बैशाख १२ को विनाशकारी भुकम्पका बेला यस्तै विवादित अपार्टमेन्टहरु ढलेका थिए । यस्ता अपार्टमेन्टले मानवीय तथा भौतिक क्षति भएको ताजा दृष्तान्त छन् हामीसंग । भूकम्पले ठूलो क्षति पुराएपछि सरकारले भवन निर्माणका लागि मापदण्ड समेत तोकेको छ । तर अझै पनि कतिपय भवन तथा अपार्टमेन्टहरु मापदण्ड अनुसार बन्न सकेका छैनन् मापदण्ड विपरित पनि बनिरहेका छन् । यस्ता भवनको कारण वरिपरि रहेका स साना घरहरुमा बस्ने मानिसमा भने संधै त्रास उत्पन्न हुने गरेको छ । भूकम्मको पराकम्पनहरु अझै पनि समय समयमा आईरहेकोले अपार्टमेन्टको वरिपरि वस्नेहरुलाई निद्रा छैन चैन छैन ।

जबरजस्त खडा गरिएका अपार्टमेन्टको विषयमा राज्यका जिम्मेवारहरु खासै बोल्न चाहादैनन् । मनि र मसलका भरमा मनलाग्दी गरिएको छ भौतिक संरचना खडा गर्न । जिम्मेवारहरु कानुनलाई चुनौति दिनेलाई कार्वाही गर्न हिम्म्त गर्दैनन् । उल्टै राजनीतिक संरक्षण गर्दै आएका छन् । जसबाट सर्वसाधारण मापदण्डविपरितका अपार्टमेन्टको त्राही त्राहीमा बा“च्न विवश छन् ।

कानुनको आ“खामा सबै नागरिक बराबर हुन् तर यहा“ सुन तस्करका मालिकहरुले मनलाग्दी गर्दा कुनै कानुनको व्याख्या गर्नेहरु चु“ समेत गर्दैनन् यो कानुनी राज्यको उपहास हो भने सानालाई ऐन ठूलालाई चैन भएको घाम जस्तै छर्लङ्गै छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com