डिप्लोमा कोर्सका लागि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द


प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले डिप्लोमा कोर्स (विभिन्न सीपमुलक तालिम) का लागि विदेश जान चाहने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर- एनओसी) नदिने निर्णय गरेको छ। मंगलबार साँझ गरिएको मन्त्रीस्तरीय निर्णय अनुसार अब सिधै विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीका लागि मात्र यस्तो पत्र दीनेछ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलका स्वकीय सचिव पुरन केसीका अनुसार अबदेखि विश्वविद्यालयमा भर्ना हुने सुनिश्चतता भएका विद्यार्थीलाई त्यस्तो पत्रको आधारमा नो अब्जेक्सन लेटर दीनेछ।

मन्त्रालयको यो निर्णयबाट उच्च शिक्षाको लागि विदेश जाने योजना बनाएका थुप्रै विद्यार्थी प्रभावित हुनेछन्। यसाघि कक्षा १२ को परीक्षामा उच्च अंक ल्याएका तथा विदेशी भाषा परीक्षण सम्बन्धी परीक्षा (विशेषगरी आइएलटीएस) मा न्यून अंक ल्याएका विद्यार्थी पनि डिप्लोमा कोर्समा भर्ना भएर विदेश जाने गरेका थिए।

डिप्लोमा कोर्सका बारेमा एकीन परिभाषा तथा मापदण्ड नभएका कारण एक वर्षे, नौ महिने तथा ६ महिने कोर्सका लागि विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका थिए। यस्तो कोर्सलाई उच्च शिक्षाका मान्यता कतै पनि दीँदैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई मात्र यस्तो पत्र दिन सकिने कानुनी व्यवस्था भएपनि परामर्श व्यवसायीको दबाबमा विद्यार्थीलाई डिप्लोमा कोर्सका लागि पनि पत्र दिने गरिएको थियो।

पछिल्लो समय डिप्लोमा कोर्सका लागि जापान, अस्ट्रेलिया लगायतका मुलुकमा धेरै विद्यार्थी जाने गरेका छन्। मन्त्रालयको निर्णयबाट यी मुलुक जाने योजना बनाएका विद्यार्थी बढी प्रभावित हुने परामर्श व्यवसायीहरूको भनाई छ।

पछिल्लो समय डिप्लोमा कोर्सका लागि भन्दै नेपालमा एसएलसी (एसईई) मात्र उत्तीर्ण गरेका विद्यार्थी पनि विदेश जाने गरेका थिए।अन्नपुर्ण पोस्ट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com