महाभूकम्पको आतंक फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ
आफू ठूलो ज्योतिष भएको दावीसहित देशमा महाभूकम्प आउन्छ भन्दै आतंक फैलाउने ‘ज्योतिष’ पक्राउ परेका छन् । उनलाई मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि सर्वसाधारणमा भ्रम फैलाएको आरोप लगाएको छ । ३६ वर्षीय क्षेत्रीले महाभूकम्प आउने ठोकुवा गर्दै विभिन्न युट्युब च्यानलमा अन्तरवार्ता दीरहेका थिए ।
उनले मिति नै तोक्दै जेठ महिनामै महाभूकम्प आउने दावी गरेका थिए । उनका ती अन्तरवार्ताका भिडियो भाइरल बनेका थिए । कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइेको प्रहरीले जनाएको छ ।






