अष्ट्रेलियामा ब्लड क्यान्सरसंग लडिरहेका प्रकाश के.सीको लागि सहयोगको अपिल


प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार

अष्ट्रेलियामा बसोवास गर्दै आएका प्रकाश के.सीको परिवारमा बज्रपात पर्यो, जतिबेला डाक्टरहरुले उनलाई ब्लड क्यान्सर भएको बताए ।

प्रकाश श्रीमती र दुई सन्तान सहित अष्ट्रेलियाको भिक्टोरिया राज्य स्थित आल्बरीमा बस्दै आएका थिए । तर प्रकाशको उपचार त्यहाँ असम्भव भएपछि उनीहरु मेलबर्नमा अस्पतालको नजिक बस्न थालेका छन् । डाक्टरहरुका अनुसार, प्रकाशको अब पाँच महिनासम्म किमोथेरापी गर्नुपर्छ र बाँकी ८ महिना उनले बेड रेस्ट गर्नुपर्ने हुन्छ ।

प्रकाश केसीका कान्छा सन्तान मात्र ११ महिनाका छन् । परिवारको आवश्यक खर्च सबै प्रकाशले धान्दै आएका थिए । त्यसमाथि लिज एग्रिमेन्ट भएको बसिरहेको ठाउँबाट सर्नुपर्दाको दोहोरो खर्च, बच्चाको रेखदेख, औषधि उपचार सबैकुराले यतिबेला परिवारलाई थिचिरहेको छ ।

प्रकाश केसीको परिवारको यो अवस्थामा सहयोग गर्नको लागि अहिले नेपाली समुदाय जुटिरहेको छ । प्रकाश केसीलाई सहयोग गर्न चाहनेले Gofundme मार्फत सहयोग गर्न सकिनेछ । यसको लागि यो लिंकमा क्लिक गर्नुहोस् > gofundme.com/help-paras-kc-fight-cancer

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com