सुरेन्द्रको ‘भाग्य’ !


प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार

नेपाली कथानक गीति चलचित्र भाग्य अनाथ बाल बालिकाहरूको सहयोगार्थ च्यारीटी सो रौतटहको चन्द्रनिगाहपुर स्थित ब्रो–सिस डिजिटल सिनेमा हलमा प्रथम विशेष च्यारीेटी सो गरिएको हो । उक्त चलचित्र आजभन्दा करिब सय बर्ष पहिलाको इतिहासिक तत्कालिन परिवेशमा गरिवी र अभावमा पिल्सीएका परिवारको अमर–प्रेम कथा, दुखसुख, जन्म मृत्यु, भागेर विवाह गर्ने कथा, माया प्रेमका कुरा चित्रण गरिएको छ ।

चलचित्र कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको चर्चित कृति गीति नाटक भाग्य भित्रको कथा समेटिएर निमार्ण गरिएको साहित्यकार महर्जनले बताउनुभयो । उहाले सो कृति तयारी गर्न २५ बर्ष समय लागेको जानकारी दिनुभयो । कुनै कृति प्रकाशन गर्न गार्‍हो नभएको तर गीति नाटक भाग्य प्रकाशित गर्न धेरै वर्ष लागेको कुरा सुनाउनु भयो ।

फिल्मको रूप दिन मात्रै तीन वर्ष लागेको कुरा बताउनु भयो । उक्त चलचित्रको विशेष च्यारीटी सो गर्नकालागि काठमाण्डौबाट भाग्य चलचित्रको लेखक स्वयं कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन अमर, निर्देशक रोशनकुमार, कार्यकारी निमार्ता दिनेश जंग खड्का, कलाकार प्रकाश श्रेष्ठ तथा संगीतकार एवं गायक सुर्य कमल राई दनुबार कार्यक्रमको प्रतिनिधित्व गर्दै रौतहट पुग्नु भएको थियो ।

विशेष च्यारीटी सो मा प्रमुख अतिथि रौतहट क्षेत्र नं ४ का प्रदेश सभा सदस्य धनलाल ठोकर, संचारकर्मी संजय कार्की, जितेन्द्र सिहदनुवार, सागर हुमागाई, स्थानिय समाजसेवी कर्ण लामा, बिकिथापा, विद्यार्थी नेता सुर्य बहादर थापा, श्यामहरी चौलागाई, स्ववियु सभापति संगम श्रेष्ठ, मातृभुमि विकाश नेपालका अध्यक्ष सन्तोष काफ्ले लगाएतबाट चलचित्र मौलिक, नारी संवेदनात्मक, जिन्दगीमा घट्ने घटना, सबैको मन छुने, धेरै बर्ष पुरानो कथामा मार्मिक तथा ऐतिहासिक रहेको प्रतिकृया दिनु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चलचित्रमा चर्चित कलाकारहरू निता ढुंगाना, यसराज गराज, सुनिल कटुवाल, पूर्णिमा लामा,अदिती श्रेष्ठ, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ, सुर्यकमल राई, लगाएतको भुमिका लाई देख्न सकिन्छ । सो चलचित्र जय मातृभुमि सिनेमा एण्ड कृयशन प्रा। लि को ब्यानरमा सरिता महर्जनले निमार्ण गनुभएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com