अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढ्दै गएपछि सरकारले आप्रवासीहरुलाई रिजनल क्षेत्रमा आकर्षित गर्नको लागि विभिन्न योजनाहरु ल्याएको छ ।
यो वर्षको नोभेम्बर महिना देखि लागु हुने नयाँ भिसामा रिजनल क्षेत्रमा तीन वर्षसम्म बसेपछि पीआर प्राप्त गर्न सकिनेछ । पीआरको लागि २३ हजार पद रहने सहरी विकास तथा जनसंख्या मन्त्री एलन टजले बताएका छन् ।
मन्त्री टजका अनुसार, यी कार्यक्रमहरुले आप्रवासीहरुलाई रोजगारीको लागि समेत सहज हुनेछ । मेलबर्न, सिड्नी लगायतका सहरमा काम पाउन कठीन रहेको समयमा रिजनल क्षेत्रमा भने ६० हजार भन्दा बढी जब भ्याकेन्सी रहेको उनले बताएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।