अष्ट्रेलियामा घरभाडा बढ्न थालेपछि बढ्यो घरविहिन मानिसको संख्या
प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार
अष्ट्रेलियामा घरविहिन मानिसहरुको संख्या बढ्दो छ । सन् २००१ देखि यता घर विहिनहरुको संख्या बढ्न थालेको तथ्यांकले बताउँछ ।
मेलबर्न, सिड्नी लगायतक शहरी क्षेत्रमा घरविहिनहरुको संख्या बढिरहेको छ । देशभरका घरविहिन मानिसहरुमध्ये ६३ प्रतिशत मानिसहरु शहरमा रहेको २०१६ को तथ्यांकले बताउँछ । अष्ट्रेलियन हाउजिङ्ग एण्ड अर्बन रिसर्चका अनुसार पछिल्ला वर्षमा त्यो संख्यामा निकै वृद्धि भएको छ ।
शहरमा एक्लै सुतिरहेका मानिसहरुलाई मात्र घरविहिनको रुपमा हेरिने भएतापनि एक्लै सुत्नेहरुको संख्या कम भएको अनुसन्धानकर्ताहरु बताउँछन् । उनीहरुका अनुसार घरविहिनहरु धेरै संख्यामा समूहमा सुत्ने गर्छन् ।
अनुसन्धानकर्ताहरुले घरविहिन बढ्नुको कारण घरभाडा बढ्नु रहेको बताएका छन् । उनीहरुका अनुसार, घरभाडा बढेपछि न्यून तलब भएका व्यक्तिहरु घरविहिन बनिरहेका छन् ।