दरबार हत्याकाण्डका १८ वर्षः हत्यारा को रहस्यमय


प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार

दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा गोली चल्दा तत्कालीन राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो । २०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चलेपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायतको हत्या भएको थियो ।

त्यसबेला सरकारले बनाएको छानिबन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए पनि जनता भने आजसम्म पनि विश्वस्त हुन सकेका छैनन् । दरबार हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तक सार्वजनिक भएपनि अहिलेसम्म हत्या कसले र किन गरेको भन्ने विवरण सार्वजनिक हुन सकेको छैन ।
नेपाली इतिहासमा त्यस्ता थुप्रै हत्याकाण्ड भए जुन किताबका पानामा लेखिन्छन् । तर कहिल्यै नमेटिने छाप छोडेर भएको हत्याकाण्ड १८ वर्षअघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड नै हो । घटना तत्कालीन युवराज दीपेन्द्रले गराएको भन्ने प्रतिवेदन निकालियो। तर त्यो प्रतिवेदनलाई अहिलेसम्म नेपाली जनता मान्न तयार छैनन् ।

दीपेन्द्रले त्यतिसम्म गर्न सक्लान् भन्ने कसैलाई लागेकै छैन । ज्ञानेन्द्र शाहको परिवारमध्ये कोमल शाह घाइते भएकी थिइन् । अन्य कसैलाई केही नहुँदा शंका गर्ने ठाउँ रह्यो ।

हुनत तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा उच्चस्तरीय छानविन समिति गठन भएको थियो । त्यो समितिले दीपेन्द्रलाई नै दोषी देखायो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दरबारभित्र सो समयमा भएका व्यक्तिहरुको भनाइलाई आधार मानेर रिपोर्ट तयार भएको थियो । परिस्थिति यस्तो थियो कि तत्कालीन सभामुख तारानाथ रानाभाटले दोहोरो कुरासमेत गरेका थिएनन् । समितिले दरबार निकटका कसैसंग पनि प्रतिप्रश्न गर्न पाएका थिएनन् । एकोहोरो भनेको भनाइलाई आधार बनाउँदा पक्कै पनि त्यो रहस्यमय बनेको थियो, यद्यपि छ ।

दरबार हत्याकाण्डको ग्राण्ड डिजाइनको खुलासा गर्ने भन्दाभन्दै काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पनि निधन भयो। यतिलामो समय भइसक्दा पनि अहिलेसम्म थप कुनै कुरा बाहिर आउन सकेन ।

पुस्तकमा मनगढन्ते कुरा लेख्ने क्रम अहिले पनि रोकिएको छैन । सम्भवतः त्रास अझै छ । दीपेन्द्रले नै पनि गराएका हुन सक्छन् । तर त्यसको निष्पक्ष छानविन नहुनु दुर्भाग्य हो । मुलुकमा गणतन्त्र आइसकेपछि अब त तत्कालीन दरबार निकटका व्यक्तिहरुलाई पटकपटक प्रश्न गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com