अष्ट्रेलियाको डिपार्टमेन्ट स्टोर चेन बिग डब्लुले ५० प्रतिशत छुट सहितको सेल अफर ल्याएको छ । आजबाट सुरु भएको सेल हो जुन २ सम्म रहने बताइएको छ ।
बिगडब्लु केही समय अगाडी आफ्ना ३० वटा स्टोर बन्द गर्ने घोषणा गरेको थियो । नाफा न्युन भनेका कारण केही स्टोरहरु बन्द गर्न लागेको बिगडब्लुले बताएको थियो । यसै बीचमा स्टोरले सेल अफर ल्याएको हो ।
उक्त सेलमा किचनको सामान, घर सजावटको सामान, मेकअपसामान लगायत ८ सय सामानमा ५० प्रतिशत छुट रहेको छ । यो छुट अनलाइन र स्टोर दुवैमा पाउन सकिने बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।