क्रिकेट रंगशालाको बारमा डोजर चलाउने नेकपाका कार्यकर्ता पक्राउ
प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार
चितवनमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार भनिएका प्रकाश कँडेल बुधवार राती पक्राउ परेका छन् । घटनामा संलग्न भएको अभियोगमा कँडेलसँगै अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार भत्काएका थिए । बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस–सुन्तली फाउण्डेशन अध्यक्ष सीताराम कट्टेलले बताएका छन् ।
कँडेल भरतपुर महानगरपालिका–१६ का नेकपाका स्थानीय नेता हुन् । उनी ठेक्कापट्टामा समेत संलग्न छन् । गृहमन्त्री रामबहादुर थापा बादलनिकट मानिने कँडेलमाथि प्रहरी प्रशासनलाई समेत धम्काउँदै आएको आरोप पनि लाग्दै आएिको थियो ।यता प्रहरीले कंडेलविरुद्ध सार्वजनिक सम्पतिमा नोक्सानी पुर्याएको तथा धम्क्याएको अभियोगमा मुद्दा चलाउन सकिने जनाएको छ ।