बजेटको प्राथमिकतामा भौतिक पूर्वाधार !


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

k|wfgdGqL s]kL cf]nL ,cy{dGqL 8f o’j/fh vltj8f nufot dGqLx? a’waf/ cfj @)&^÷)&& sf] nflu ljlgof]lht /sd k|:t’t ug{ hfg]qmddf ;+3Lo ;+;b ejg gofF afg]Zj/df .. t:jL/ M k|bLk/fh jGt, /f;; .

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता साथ अघि बढाइने उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा भौतिक पूर्वाधारका लागि  एक खर्ब ६३ अर्ब बजेट विनियोजन गरिएको बताउनुभयो ।

पूर्वाधार निर्माणमा चालु आर्थिक वर्षको भन्दा ३५ प्रतिशतभन्दा बढी रकम विनियोजन गरिएको हो । काठमाडौँ–तराई द्रुत मार्गका लागि  १५ अर्ब, हुलाकी राजमार्गका लागि रु १३ अर्ब, मध्यपहाडी (पुष्पलाल) लोकमार्गका लागि  १२ अर्ब २० करोड, रेलमार्गका लागि रु सात अर्ब, उत्तर–दक्षिण लोकमार्गका लागि रु पाँच अर्ब ५० करोड बजेटको व्यवस्था भएको छ ।

अब बन्ने सडक दुई लेन बढीको बनाइने बजेटको लक्ष्य छ । हुम्ला सदरमुकाम सिमीकोटमा आगामी आर्थिक वर्षमा सडक सञ्जालले जोड्ने बजेटको लक्ष्य छ । गल्छी–त्रिशूली–स्याफ्रबँेसी सडकका लागि रु एक अर्ब ५८ करोड विनियोजन भएको छ । कान्ति लोकपथ आगामी आर्थिक वर्षमा सम्पन्न गर्न र ९१ करोडको व्यवस्था भएको छ । बिपी राजमार्गको स्तरोन्नतिका लागि  ९६ करोड छुट्याइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चक्रपथको कलङ्की–महाराजगञ्ज विस्तार एवं स्तरोन्नतिका लागि रु एक अर्ब ८१ करोडको व्यवस्था भएको छ । नागढुङ्गा–नौबिसे सुरुङ मार्गका लागि रु छ अर्ब बजेट छ । तराई–मधेश क्षेत्रको पूर्वाधार विकासका लागि रु चार अर्ब चार करोडको व्यवस्था छ । आगामी आर्थिक वर्षमा २०० पुल निर्माणका लागि  पाँच अर्बको बजेट विनियोजन भएको छ ।

सडक बोर्ड मार्फत् स्तरोन्नति एवं सुधारका लागि  आठ अर्ब बजेट छुट्याइएको छ । सडक सुरक्षा कायम गर्न आवश्यक कार्यक्रमको व्यवस्था गरिने अर्थमन्त्री डा खतिवडाले पेश गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ ।

पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गरिने भएको छ । मोहना–अत्तरिया, वीरगञ्ज–पथलैया सडकलाई छ लेनमा विस्तार शुरु गरिसकिएको छ । त्यस्तै १४ हजार ९०० किमी सडक केन्द्र सरकारले हेर्ने निर्णय यसअघि नै मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । हाल तीनै तहले हेर्ने सडकमा करीब ३५ लाख सवारी गुडिरहेको छ ।

यसैगरी उत्तरी र दक्षिणी सीमा जोड्ने रेलमार्ग निर्माणलाई पनि मन्त्रालयले आगामी आर्थिक वर्षमा उच्च प्राथमिकता साथ अघि बढाइने भएको छ । जति उत्तर गयो त्यति नै बढी कठिन भूगोल भएकाले रेलमार्ग निर्माणमा समय भने लाग्ने छ । केरुङ–काठमाडौँ रेलमार्गको चिनियाँ पक्षले पूर्व सम्भाव्यता अध्ययन गरी विस्तृत अध्ययन गर्ने तयारी भइरहेको छ । रेल मार्ग निर्माणका लागि  सात अर्ब बजेटको व्यवस्था छ ।

यसैगरी वीरगञ्ज–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययनको कामलाई भारत सरकारको सहयोगमा शुरु भएको अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/ ७६ को आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

जल यातायातको पूर्वाधार निर्माण गर्न आवश्यक कदम चालिने प्रतिबद्धता बजेटमा छ । प्रदेश, स्थानीय तह अन्तर्गत परेका पुल योजना निर्माण गरी हस्तान्तरण गरिने बजेट वक्तव्यमा उल्लेख छ । इञ्जिनीयरिङ स्टाफ कलेज स्थापना गर्ने लक्ष्य पनि बजेटमा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com