पर्यटन पूर्वाधारका लागि २ अर्ब ६८ करोड , दार्चुलादेखि ताप्लेजुङसम्म हिमालयन हरित पदमार्ग
प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार
cy{dGqL 8f o’j/fh vltj8f a’waf/ cfj @)&^÷)&& sf] nflu ;+3Lo ;+;bsf] b’j} ;bg k|ltlglw ;ef / /fli6«o ;efsf] ;+o’Qm a}7sdf ljlgof]lht /sd k|:t’t ub}{ . t:jL/ M k|bLk/fh jGt, /f;; .
नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिएर सरकारले पर्यटन पूर्वाधारलाई महत्व दिने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेटमा सरकारले पर्यटन पूर्वाधारका लागि २ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले प्रमुख पर्यटकीय स्थललाई नाइस पर्यटकीय स्थलको रुपमा विकास गर्ने गर्ने सरकारको बजेटमा उल्लेख छ । यस्तै नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढी र किल्लाको विकास गर्ने बजेटमा उल्लेख छ ।
पर्वतीय र कृषि, ग्रामीण, जलयात्रा, खेल पर्यटनजस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गर्ने र दार्चुलादेखि ताप्लेजुङसम्म हिमालयन हरित पदमार्ग बनाउने पनि बजेट विनियोजन भएको छ ।






