अमेरिकी राजदूतले सुरु गरे नेपालीसँग भिडियोमा ‘गफगाफ’


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले ‘राजदूतसँग गफगाफ’को पहिलो भिडियो सार्वजनिक गरेका छन्। अमेरिका पढ्न जान चाहने विद्यार्थीका लागि एक प्रश्नकर्ताको जवाफ दिएर उनले गफगाफ सुरु गरेका हुन्।

कूटनीतिज्ञले नेपाली समाजसँग प्रत्यक्ष अन्तरसंवाद गर्न लागेको समाचार आएपछि परराष्ट्र मन्त्रालयले गत साता राजदूत बेरीलाई स्पष्टीकरणमा बोलाएको थियो। स्रोतका अनुसार परराष्ट्र सचिव शंकर बैरागीले राजदूत बेरीलाई गफगाफ कार्यक्रममा ‘पुनर्विचार’ गर्न आग्रह गरेका थिए।

सोझै प्रश्नोत्तर गरिने कार्यक्रम रहेकाले राजदूत बेरीको कदम ‘कूटनीतिक मर्यादा परम्परा र मर्यादा बाहिर’ भनेर सामाजिक सञ्जालमा आलोचना भएको थियो। ‘प्रश्नकर्ताका सरोकार र जिज्ञासा अनेक हुनसक्छन्, त्यसमध्ये छनोट गरेर मात्र प्रश्नोत्तर सम्भव छ’, सोमबार राजदूत बेरीको पहिलो भिडियो सार्वजनिक भएलगत्तै दूतावासका एक अधिकारीले भने। परराष्ट्र मन्त्रालयका अधिकारीले राजदूतको गफगाफ सार्वजनिक भएको विषयमा प्रतिक्रिया दिन चाहेनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com