सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेका छन् । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।
कार्यदलले विभिन्न प्रस्तावमा छलफल गरिरहँदा युवराज विकसहितको ११ जनाको टोलीले कर्मचारी र घाइते-अपाङ्गका प्रतिनिधिमाथि आक्रमण गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।द्वन्द्वका घाइते अपाङ्गलाई भत्ता, उपचार खर्चसहितको सुविधाको माग राख्दै केही समय पहिले उनीहरु अनसनमा बसेका थिए । त्यही माग सम्बोधन गर्न बनेको कार्यदलको बैठकमा कर्मचारीमाथि हातपात भएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।