भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौँ फर्केको थियो ।
टोलीले त्यतिबेला बेस क्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो । नेपाली प्राविधिकहरु सगरमाथाको मापनमा रहेका बेला अनुगमनका नाममा मन्त्रीसहितको टोली तीनवटा हेलिकोप्टर लिएर बेस क्याम्पमा पुगेको थियो ।
काठमाडौँबाट लुक्लासम्म जहाजमा पुगेको टोली त्यहाँबाट भने नेपाली सेना र सिम्रिक एयरका हेलिकोप्टरमा लिएर फर्किएको थियो । सगरमाथाको मापनका लागि भन्दै नापीद्वारा भाडामा लिइएका सिम्रक एयरका दुईवटा हेलिकोप्टर मन्त्रीको टोलीका लागि प्रयोग भएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।