एनआरएनमा प्रजातन्त्रवादीलाई जिताउनु कांग्रेस हुनुको धर्म थियो : पूर्व संयोजक सुवेदी


प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार

आज गैरआवासिय नेपाली संघ प्रवासमा रहेका नेपालीहरुको एउटा विश्वासिलो संस्थाको रुपमा स्थापित भएकोमा मैले गौरवको अनुभूति गरेको छु । प्रवासमा रहेका धेरै अग्रज एवं मित्रहरुको संस्थाप्रतिको लगाव र मेहेनतले आज यो परिस्थिति सृजना भएको हो । व्यक्तितग रुपमा मैले यस संस्थालाई बलियो बनाउनका लागि गरेका पहलकदमीहरु अमेरिकावासी नेपालीहरु र यो अभियानमा रहनु भएका मित्रहरु जानकार हुनुहुन्छ ।

हामी प्रजातन्त्रप्रेमी व्यक्तिहरु जुनसुकै संघ सस्था या संस्थामा प्रजातन्त्रवादीहरुको नेतृत्व होस भन्ने चाहना राख्नु स्वभाविकनै हो । यही चाहना अनुरुप हामी अमेरिकामा रहेका कांग्रेसहरुले यसका लागि रातदिन मेहेनत गरेका छौं, काम गरेका छौं र रिजल्ट पनि निकालेका छौं, त्यो तपाईहरुलाई थाहा नै छ । कुनैपनि संघ सस्थाको बिधि, बिधान र कार्यनीति दलगत हुँदैन यो संसारले बुझने नियम हो । तर यसको नेतृत्व तहमा आउने व्यक्ति दल या कुनै समुहसंग जोडिएको हुन्छ ।

एनआरएनए अमेरिकालाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुले चुनावी प्रकृयाबाट नेतृत्व छान्ने तहसम्म ल्याउन धेरै मेहेनत गरेका छौं । एउटा झोलामा रहेको यस संस्था एनआरएनए अमेरिकाको नेतृत्वमा रामबहादुर, श्यामबहादुर, हरिबहादुर, मदनबहादुरहरुले पालैपालो मनलागी हिसावले नेतृत्व गर्दै आएका थिए, व्यक्तिगत रुपमा म लगायत प्रजातन्त्रवादी साथीहरुले धेरै मेहेनत गरेका छौं, जसको फलस्वरुप यो संस्थाको नेतृत्व चुनावी प्रकृयाबाट छान्नका लागि काम गरेका छौं । जसको फलस्वरुप प्रजातन्त्रप्रेमी, नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक खगेन्द्र जिसीलाई पहिलो निर्वाचत अध्यक्ष बनाउन सफल भएका थियौं ।

तत्तकालिन रुपमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका अनन्य मित्र डाक्टर केशव पौडेलको उम्मेदवारी फिर्ता गराई अध्यक्षका उम्मेदवार खगेन्द्र जिसी र तत्कालिन डिआरसी सोनाम लामाको आग्रह अनुसार सहमति गरी समावेशी टिम बनाएर हाम्रो आस्था इतरका शिव राई लगायत उहाँको टिमलाई पराजय गराई, खगेन्द्र जिसी लगायतको टिमलाई पहिलो पटक एनआरएनए अमेरिकाको निर्वाचित अध्यक्ष बनाउन हामी प्रजातन्त्रवादीहरु सफल भयौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म तत्कालिन जनसम्पर्क समितिको संयोजक भएका नाताले त्यसको नेतृत्व स्वभाविक रुपमा म आफैले गरेको थिएँ भने त्यसमा हाम्रा अग्रज एवं मित्रहरु डाक्टर यादव पण्डित, कृष्ण लामिछाने, प्रमोद सिटौला लगायत अरु थुपै्र प्रजातन्त्रवादी मित्रहरुको मेहेनत र उहाँहरुले खेल्नु भएको ठुलो भूमिका मेरो मानसपटलमा जिवित एवं ताजै छ । मलाई स्मरण छ चुनावको केही दिन अगाडि अध्यक्ष पदका उम्मेदवार खगेन्द्र जिसीको आग्रहमा करिव रातको दुई बजेर १५ मिनेटको समयमा नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट बिज्ञप्ती जारी गर्ने परिस्थिति बन्यो । त्यसको तयारीका लागि मेरा अनन्य मित्र प्रमोद सिटौलाजिको मेहेनत अविश्मरणिय छ । म उहाँको फुर्तिलो स्वभाव, जोश र जाँगरप्रति आज पनि ऋणि छु । पहिलो पटक एनआरएनए अमेरिकाको नेतृत्व छानिसकेपछी दोश्रो निर्वाचित कार्यसमिति बनाउनका लागि मैले धेरै साथीहरुसंग बिभिन्न चरणमा छलफल गरेँ । पहिलो कार्यकालमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएर पनि हाम्रो आग्रहमा उम्मेदवारी फिर्ता गरेका मेरा मित्र डाक्टर केशव पौडेलजीसंग नेपाली जनसम्पर्क समितिको केन्द्रिय महाधिवशेन सम्पन्न लगत्तै टेक्सासमा नै हामीले छलफल गर्यौ र वहाँलाई नै एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उठाउने निर्णयमा हामी पुगेका थियौं र बनायौं । तर नेपाली जनसम्पर्क समिति भित्रकै केही मित्रहरुले नेपाली कांग्रेस कै नेता इन्जिनियर नगेन्द्र पौडेलको समुह तयार गर्नुभयो । अर्को तर्फ कम्यूनिष्ट बिचारमा आस्था राख्ने मित्रहरुले समेत एउटा खेमा तयार गर्नुभएको थियो । अन्तिममा डाक्टर केशव पौडेललाई नै एनआरएनए अमेरिकाको दोश्रो निर्वाचित अध्यष बनाउन सफल भइयो ।

एवं तरिकाले तेश्रो कार्यकालको निर्वाचनको संघारमा हामी फेरी आई पुगेका थियौं, २०१७-२०१९ को कार्यसमिति चयन गर्ने चरणमा फेरी पनि कांग्रेसकै मेरा मित्रहरुले साथीहरुलाई मैदानमा ल्याउनु भयो । विवादहरु छताछुल्ल पनि भए हाम्रो पक्षमा रहनु भएका मित्रहरुको निरन्तर सहयोगले फेरी दोश्रो कार्यकालका लागि तेश्रो चरणको निर्वाचित कार्यसमितिमा समेत केशव पौडेलको समुहलाई बिजयी गराउन सफल भइयो, जसमा केही हाम्रा कांग्रेसकै साथीहरुको सहयोगमा नगन्य संख्यामा कम्यूनिष्ट बिचारमा आस्था राख्ने मित्रहरु निर्वाचित भए । तर केशव पौडेलको नेतृत्वमा रहेको पहिलो कार्यकालमा सम्पूर्ण टिमनै हामीले प्रजातन्त्रप्रेमीहरुलाई नेतृत्वमा ल्याउन सफल भयौं ।

घुम्दै फेरी हामी चौथो निर्वाचित कार्यसमिति बनाउने चरणमा आईपुग्यौं । २०१९-२०२१ को कार्यसमिति बनाउने चरणमा आइपुग्दा अघिल्लो तिनवटा निर्वाचनमा हामीले पाखानै लगाएका तर हाम्रै साथीहरुले जिताएका कम्यूनिष्ट बिचारमा आस्था राख्ने मित्रहरुको एउटा सिंगो टिमनै तयार गरेर हामीसंग प्रतिस्पर्धामा उत्रिनु भयो । यो पटक भने अघिल्ला चुनावमा फरक मत राखी हिड्ने नेपाली जनसम्पर्क समितिका मित्रहरुले अन्तिम समयमा आएर मलाई यही टिमलाई साथ दिनुभयो । केही साथीहरुले प्रजातन्त्रवादी इतरका व्यक्तिहरुसंग पनि छलफल गर्ने प्रयास भने नगर्नु भएको होइन् । प्रजातन्त्रवादी साथीहरुलाई एकै ठाँउमा ल्याउन अनेक पहल र प्रयास गर्न कुनै कमी कम्जोरी राखिएन र सफल पनि भइयो । हाम्रो रात दिनको मेहेनतका कारणले इन्जिनियर शुनिल शाहको नेतृत्वमा एउटा निर्वाचित समिति हाम्रो सामु आई सकेको छ ।

तर यो अवस्थामा आउँदा सम्म धेरै अप्ठ्याराहरु पनि आए । प्रजातन्त्रवादी मेरा मित्रहरु र अन्य बिचारमा आस्था राख्ने साथीहरुलाई पनि अवगत नै छ । एनआरएनए अमेरिकाको चुनाव सम्पन्न हुन नदिन केही बखेडा आई लाग्ने संकेतकै कारण म अष्टे«लिया पुग्नु परेको थियो । त्यहाँ पुगेपछी हालका आइसिसी अध्यक्ष भवन भट्ट, अध्यक्षका उम्मेदवार जमुना घले, पूर्व अध्यक्ष डाक्टर शेष घले साथै उपसभापतिहरु कुल आचार्य, कुमार पन्त, महासचिव बद्रि केसी, सचिव जानकी गुरुङ र सहकोषाध्यक्ष सोम सापकोटाजि संग अमेरिका र अन्य बिविध बिषयमा धेरै चरणमा छलफल एवं सल्लाह भए । आरसी गौरी जोशी, एनसिसि अध्यक्ष केशव पौडेल, आइसिसि अध्यक्ष भवनजी संग पनि म रात रात नसुती चुनाव गराउने वातावरण बनाउन लागि रहेँ । जसमा कांग्रेसका धेरै मेरा मित्रहरुको अमुल्य भूमिका रह्यो । चुनावको अघिल्लो दिन सम्म पनि यस्तै समस्या देखा नपरेका होइनन्, त्यसको निराकरण गरी चुनाव गर्ने निक्यौंलमा हामी पुगेका थियौं ।

केही मतदाताहरु गतल भएको भन्ने प्रचारवाजीले अमेरिका तरंगित थियो । मतदाता बारेमा एनआरएनए अमेरिकाको केन्द्रिय समितिले गठन गरेको दुई वटा समितिले निरिक्षण र सुपरिवेक्षण गरेर निर्वाचन आयोगलाई सम्पूर्ण मतदाता बारे जानकारी पठाईसकेको परिपेक्षमा यस्ता हल्ला निराधार थिए । तर त्यसलाई समाधान गर्न एउटा सुझबुझको खाँचो थियो । त्यसका लागि आइसिसि अध्यक्ष भवन जि र अन्य पदाधिकारीहरुको मेहेनत र सहयोगलाई म सम्मान गर्दछु । अध्यक्षका प्रत्यासीहरुले आरसी गौरी जोशीलाई ईमेल पठाएर चुनाव रोक्नका लागि पहल गर्नु भएकै हो । तर ति सबै प्रयासलाई फेस गरि चुनाव भयो र चुनावबाट नतिजा हाम्रो पक्षमा ल्याउन सफल भइयो । यि गरिएका सबै पहल कदमीहरु प्रजातन्त्रवादी साथीहरुलाई नेतृत्वमा ल्याउनु नै एक मात्र उदेश्य थियो । अमेरिका जस्तो प्रजातन्त्रिक मुलुकमा प्रजातन्त्रवादी साथीहरुलाई नेतृत्वमा ल्याईनु स्वभाविक थियो ।

बजारमा चलिएका हल्ला र फिक्का बिष्लेषणको पछाडी दौडिनुको कुनै तुक छैन् । जब म जनसम्पर्क समितिको संयोजक भएर एनआरएनए अमेरिकाको नेतृत्वमा रहेँ त्यही दिन देखी एनआरएनए अमेरिकाको नेतृत्वमा प्रजातन्त्रवादी साथीहरुलाई ल्याउनु पर्दछ भनि थालेको अभियान फलस्वरुप तत्कालिन अध्यक्ष खगेन्द्र जिसी देखी शुनिल शाह सम्म निरन्तर पाई रहेको छ, मलाई गर्व छ ।

एनआरएनए अमेरिका जस्तो सामाजिक संस्था क्याप्चर गर्ने हाम्रो मनशाय होईन तर प्रजातन्त्रवादी साथीहरुलाई नेतृत्वमा स्थापित गर्ने हाम्रो मनशाय र उदेश्य हो । हामीले चुनाव जितेर गएपछि मित्रहरुलाई कांग्रेस बन्नुस या कांग्रेसले भनेको मान्नुस आज सम्म भनिएको छैनौं र भन्दैनौं पनि । रुन्चे स्वरमा केही मित्रहरु चिच्याउनु हुन्छ मलाई आश्चर्य लाग्छ ।

तथापी म योजनाका साथ प्रजातन्त्रप्रेमी साथीहरुलाई नेतृत्वमा ल्याउनका लागि पहल गरिरहेको छु र गरिरहने छु । म खुसी छु केही हदसम्म सफल भएकोमा मलाई गर्व लाग्छ । आदरणिय साथीहरु हामी अब आईसिसीको निर्वाचनको संघारमा हामी छौं । हाम्रो एक मात्रै उदेश्य रहनेछ आईसिसीको नेतृत्वमा प्रजातन्त्रवादी साथीहरुलाई ल्याउने, स्थापित गराउने । यस कार्यमा लाग्न र सरिक हुन हाम्रो आफ्नो संगठन भित्रका सानातिना मतमतान्तरलाई थाँती राखी आआफ्नो ठाँउ र आफु बसेको देशमा सक्रिय रुपमा उल्लेखनिय भूमिका खेल्नुहुन विश्वभरी छरिएर रहेका तमाम प्रजातन् त्रवादी साथीहरुलाई बिनम्र अनुरोध एवं आव्हान गर्दछु ।

नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक तथा नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु सुवेदीसंग निर्वाचनको परिणाममा कांग्रेस हावी भन्ने बारेमा गरिएको कुराकानीमा आधारित ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com